आशिष बिश्वकर्मा/सुरेश राय 

सिराहा, ११ पुस। सिराहाको बरियारपट्टी गाउँपालिका २, श्रीपुरका २१ वर्षिय सत्यनारायण साफी अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा चर्चामा छन्। उनी चर्चामा हुनुको कारण भने एकजना गरिब, बिपन्न तथा दलितका छोराले चिकित्साशास्त्र अन्तर्गत स्नातक तह (एमबीबीएस) अध्यनको लागि छात्रवृतिमा नाम निकाल्नु हो। 

SATY0

अति गरिब परिवारका उनले सीमित स्रोत–साधनका बीच निरन्तर स्वअध्यन, मेहनत र धैर्यताका साथ उनले चिकित्सा शास्त्र तर्फ एमबीबीएस अध्ययनको लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भए। २०७७ सालमा गाउँकै सामुदायिक विद्यालय जनता माध्यमिक (प्राविधिक) विद्यालय, बडियारपट्टीबाट एसईई उत्तीर्ण गरे। एसईईमा राम्रो अङ्क आएपछि आफू पढाइमा सक्षम रहेको महसुस गर्दै विज्ञान विषय लिएर विराटनगरको अर्निको स्कूलबाट २०७९ सालमा १२ कक्षा उतिर्ण गरे। १२ कक्षा उतिर्ण पछि उनको मनमा अगाढीको पढाई एमबीबीएस गर्ने भोक जाग्यो। 

STY01

त्यतिवेलासम्म उनका बुबा मधुरी साफीले बैदेशिक रोजगारबाट गरेको कमाईले धानिरहेको थियो।  ‘त्यहि समय बुबा बैदेशिक रोजगारीबाट फर्किसक्नुभयो, बुबाबाले विदेशमा रहदा कमाएको पैसा मेरै पढाई र घरखर्चबाट बच्ने कुरै भएन; सत्यनारायणले भने, ‘मेरो मनमा भने एमबीबीएस पढ्ने सोच आयो, मैले त्यहि अनुसार घरमै बसेर तयारी थालें, नाम पनि निक्लियो।’

उनले काठमाडौंमा गएर केही समय तयारी गर्ने प्रयास नगरेका होइनन्। आर्थिक कारणले उनी काठमाडौं बसेर पढ्न सकेनन्। दुई वहिना पछि नै काठमाडौंबाट फर्के। फर्केर उनी दुई वर्ष लागातार गाउँमै बसेर निर्माण मजदुरको काम गर्दै, त्यसबाट आएको मजदुरीले घर खर्च र पाठ्यपुस्तक खरिद गर्दै ‘इन्ट्रान्स’ तयारीमा लागे, परीक्षा दिए,  सफल पनि भए। 

प्रवेश परीक्षा पासभएसँगै साफीको जीवनमा÷परिवारमा एकैसाथ खुशी र चिन्ता छाएको छ। छात्रवृत्ति पाउँदा पनि पढाई शुल्क बाहेक बसोबास, खानपान, यातायात, अध्ययन सामग्री आदीमा थप ठूलो धनरासी खर्चीनु पर्छ। उनी र उनका परीवार त्यहि धनरासी कसरी जोहो गर्ने चिन्तामा छन्। 

कृषि मजदुरी गरेर सत्यनारायणका बुबाले तीन छोरी, दुई छोरा र आफू श्रीमान श्रीमतीसहित सातजना परिवारको जीबिका चलाई रहेका छन्। एक्लो बुबाको मजदुरीले मुस्किलले परीवारको हातमुख जोडिन्छ। सत्यनारारयणका बुबा मधुरी साफीले भने, ‘छोराले मेहनत गरेर डाक्टरी पढ्ने भनेर नाम निकाले, यसको पढाई कसरी पुरा गर्ने भन्ने चिन्तामा छु।’ उनले थपे, ‘सरकारले सहयोग गरेन भने हामी गरिवको छोरा छोरीले पढ्न सक्दैनन्। म मेरो छोराको पढाईको व्यवस्था मिलाईदिन सरकारलाई आग्रह गर्छु।’ 

सत्यनारायणकी आमा सुनिता साफीले भनिन छोराको सफलतामा खुलेर खुशि पनि हुन सकिएको छैन। उनले भने, ‘छोराले ठूलो सफलता हासिल गरेको छ, यो सफलतामा राम्रोसँग खुशी पनि हुन सकिको छैन। नाम निस्किएको भन्ने सुनेकै दिन देखि उनको पढाई कसरी पुरा गर्ने होला भन्ने चिन्ताले राम्रोसँग निदाउन पनि सकिएको छैन।’ सम्पतीको नाममा साढेचार धुर ‘गाउँब्लक’को घडेडी र केहीथान बाख्राबाहेक केही छैन।

तर, यति कठिन परिस्थितिका बावजुद पनि साफीको आत्मविश्वास डगमगाएको छैन। आमा सुनिताले छिमेकीसँग ८० हजार रुपैयाँ ऋण–सापटी लिएर उनले पढ्न पाएको राप्ती स्वास्थ्य विज्ञान प्रीतष्ठान, दाङमा नामाङ्कन गराएका छन्। 

सत्यनारायणका परिवारको अवस्था कमजोर भएपनि उनको मनोबल भने उच्च छ। उनी भन्छन्, ‘मेरो पढाईमा आजसम्म बुबाआमाले हाम्रो आर्थिक हैसियत भन्दा ठूलो लगानी गर्नु भएको छ। मैले आफैपनि पछिल्लो दुई वर्षले मजदुरी गरेरै पढाई गरिरहेको थिएँ। अवको दिनमा मेरो पढाईको लागि परीवार र राज्यले सहयोग गर्छ भन्ने विश्वास छ। म आफैपनि मेहत गरेर चिकित्सक बन्ने सपना पूरा गर्छु।’

सत्यनारायणको सफलताले पूरै गाउँमा खुशीको माहोल सृजना भएको छ। स्थानीयहरूका अनुसार उनको  पढाई प्रतिको लगाव र सफलता गाउँका अन्य युवाका लागि प्रेरणा बनेको छ। स्थानीय एकलाल यादबले भने, ‘सत्यनारायणको सफलताले हामीलाई गर्व महसुस गराएको छ। आवश्यक परे हामी पनिसहयोग गर्न तयार छौं।’

गाउँलेहरुले पनि सकेको सहयोग गर्ने श्यामकुमार यादबले थपे। उनले भने, ‘सत्यनारायणको पढाई पुरा गराउनु पहिलो दायीत्व राज्यको हो। राज्यले गरिव, दलितको पढाईको ग्यारेन्टी गर्नु पर्छ। हामीले पनि सकेको सहयोग गछौं।’

मजदुरीबाट मेडिकल शिक्षाको यात्रा आरम्भ गरेका सत्यनारायण साफी आफूले देखेको सपना पुरागर्न निरन्तर अध्ययन, संघर्ष, धैर्यताको प्रतिक बनेका छन्। उनी सपनाका ‘उडान’ भर्न कस्सियका युवाहरुका आदर्श सावित भएका छन्। उनको यो यात्राले हजारौं युवालाई परिस्थितिसँग सामनागर्ने प्रेरणा मिल्ने छ।