सिराहा, २८ जेठ। सिरहा प्रहरीले ८ ग्रामभन्दा बढी अवैध लागु पदार्थ ब्राउनसुगरसहित गोलबजारका एक युवकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले सुखीपुर नगरपालिका २ छजनाबाट अवैध लागु पदार्थ ब्राउनसुगर  ८ ग्राम ८० मिलिग्रामसहित गोलबजार नगरपालिका २ लालपुरका २१ वर्षीय श्याम सुन्दर साहलाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो।

 इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ। यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।