सिरहा, २८ जेठ। घरेलु तथा साना उद्योग कार्यालय लहान, सिरहाले बजार अनुगमनको नाममा केही व्यापारीलाई उन्मुक्ति दिँदै आएको आरोप लागेको छ। बुधबार बिहान करिब ८ बजे गोलबजार क्षेत्रमा गरिएको बजार अनुगमनपछि स्थानीय तथा व्यवसायीहरूले अनुगमन निष्पक्ष नभएको भन्दै प्रश्न उठाएका छन्।

अनुगमन टोलीले केही पसल तथा व्यवसायिक प्रतिष्ठानमा पुगेर निरीक्षण गरे पनि नियम उल्लङ्घन गर्ने सबै व्यवसायीमाथि समान रूपमा कारबाही नगरी केहीलाई मात्र लक्षित गरेको व्यवसायी हरुकै आरोप रहेकोे छ। एक व्यसायीका अनुसार अनुगमनका क्रममा म्याद नाघेका सामग्री, मूल्यसूची नराखीएका पसल, दर्ता प्रमाण पत्र तथा बिलसम्बन्दी विषयमा चासो देखाइए पनि प्रभावशाली व्यवसायीहरूलाई भने संरक्षण गरिएको देखियो।

705521264_1588534663277540_4869241638790147670_n

व्यवसायीहरूले बजारलाई व्यवस्थित बनाउने उद्देश्यले गरिने अनुगमन स्वागतयोग्य भए पनि सबै व्यवसायीलाई एउटै मापदण्डमा राखेर पारदर्शी ढङ्गले व्यहार गर्नुपर्ने स्थानीय रामभरोसी यादवले बताए। 

स्थानीय व्यवसायी शेखर यादबले अनुगमन निष्पक्ष हुनुपर्नेमा जोड दिए। उनले कसैलाई चोख्याउने र कसैमाथि डण्डा चलाउने प्रवृत्तिले बजारमा गलत सन्देश जाने बताए। उनले अनुगमन निश्पक्ष, पारदर्शी र व्यवहारीक हुनु पर्नेमा जोड दिए। 

केही व्यवसायीका अनुसार अनुगमन अनुगमनको नाममा निश्चित पसललाई लक्ष्य बनाएर टोलि आउने गरेको बताए। अनुगमन टोलि बजारमा आएको हल्ला फैलिएपछि धेरै व्यापारीले पसल बन्द गरेका थिए। अनुगमन टोलि पसलमा छिरेपछि केही न केही उल्झन लाग्ने त्रासले पसल बन्द गरेर हिडेको व्यसायीहरु नै बताउँछन्। 

gbr 2

यता घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख किशोरीशरण यादवले भने अनुगमन कानुन र निर्धारित मापदण्डअनुसार नै गरिएको दाबी गरे। उनले आफूहरुले नियमित रूपमा गरिने अनुगमन कै क्रममा आज गोलबजार आएको बताए।  

प्रत्येक वर्ष असार मसान्ततिर मात्रै किन अनुगमन तीव्र हुन्छ? भन्ने प्रश्नमा उनले, ‘यो नियमित अनुगमन कै क्रम हो, कुनै आस्मीक होइन।’

अनुगमनमा नापतौल तथा खाद्य प्रविधि, स्थानीय निकायलाई समेत समावेश गर्नुपर्ने विषयमा उनले यो  अनुगमनलाई प्रारम्भिक चरणको भएकाले बताए। आगामी दिनमा सम्बन्धित निकायहरूलाईसमेत समावेश गरेर अनुगमन गर्ने उनले बताए। प्रमुख यादवको आफ्नै भनाईले पनि अनुगमनको नाम्मा साना ब्यापारीलाई तर्साएर ठुला व्यापरिहरुसंग मोटो रकम बुझेर चोख्याउने काम गर्ने उदेश्य देखिन्छ।

साना व्यवसायीलाई जरिवाना गर्ने तर ठूला व्यापारीसँग मिलेमतो गरी उन्मुक्ति दिने आरोपबारे प्रतिक्रिया दिँदै प्रमुख यादवले भने, ‘कुनै व्यसायीसँग अनियमित ढङ्गले असुलिगरेको सत्य तथ्य प्रमाणसहित आए म आवश्यक कारबाही भोग्न तयार छु।’

कार्यालय समय सुरु हुनुअघि नै अनुगमनमा निस्किएको विषयमा उनले कर्मचारी अभाव र कार्यालय समयमा सेवाग्राहीको चाप रहने भएकाले बिहानै अनुगमन गर्नुपरेको बताए।

यता उद्योग वाणिज्य संघ गोलबजारका अध्यक्ष विजय साहले अधिकांश व्यवसायीले मापदण्डअनुसार नै पसल सञ्चालन गरिरहेको दाबी गरे। अनुगमन टोली आउँदा पसल बन्द गरिएको भन्ने आरोप अस्वीकार गर्दै उनले वर्षाका कारण केही व्यवसायीले पसल ढिलो खोलेको बताए। तर प्रत्यक्षदर्शीहरूका अनुसार अनुगमन टोलीले ३–४ घण्टा बजार क्षेत्रमा रहँदा धेरै व्यवसायीले पसल नखोली पसल अगाडि वा आसपास बसेर गतिविधि नियालिरहेका देखिएका थिए।

अनुगमनका क्रममा दुई वटा सुन पसल, किराना, जुत्ता–चप्पल लगायत गरी जम्मा सात वटा पसलमा मात्र अनुगमन गरिएको थियो। सीमित पसलमा मात्रै अनुगमन गरेर टोली फर्किएपछि अनुगमनको प्रभावकारिता र निष्पक्षतामाथि स्थानीय स्तरमा प्रश्न उठ्न थालेको छ।