मुकेश कुमार यादव
सिरहा, २९ कात्तिक । यो वर्ष सिरहा धनगढीमाई नपा ७ कसहाका ६३ वर्षिय बुद्धु पण्डित (कुम्हाले) लाई आफूले बनाउको माटोको भाँडावर्तनले उचित मूल्य नपाउँदा खिन्न छ । उनीमात्र हैन यहाँका माटोको भाँडा बनाउने पुख्र्यौली पेशामा रहेका करिव ४० घर परिवार पण्डितहरु चडपर्वमा चाहिने माटाका भाँडाले उचित मूल्य नपाँउदा खिन्न भएका हुन् ।
नजिकिंदै गरेको दिपावली तथा छैठकालागि आवशयक पर्ने माटाका दियो, डिबिया, पाला, धुपैरो, हात्ती, कोसिया, कुर्वार, मटिया (माटोको गाग्री) लगायतका सामाग्री वनाउन विहानैदेखि जुटेपनि मनलागाएर बनाउन नसकेको २० वर्षिय शंकर पण्डितले बताए ।
कोभिड १९ का कारण सवैजना घरमै बसिबसाई भएकाले माँगभन्दा बढी समाग्री उत्पादन भएकाले सस्तोमा बेच्न बाध्य भएको बताए । उनलेभने, ‘हिजो (बुधबार) धनगढीको सप्ताहिक हटियामा मैले सयकडा एक सय ५० को दरले माटोको पाला बेचीरहेको थिएँ, अर्कोको नविकेपछि उनले सयरुपैयाँमै बेचे । बजारमा माँगभन्दा धरै सामाग्री बनेपछि मूल्य पाउन सकिएको छैन ।’
विभिन्न पेसामा विदेश तथा देशकै अन्य सहरमा रहेका युवाहरु गाउँमा आएकाले अहिले उत्पादन बढेको ३९ वर्षिय विष्णु पयिडतले सुनाए । उनलेभने, ‘कोरोनाले सवैलाई गाउँमा ल्याएको छ, जानेको काम, त्यसमापनि वेरोजगार भएर वस्नु भन्दा थारै आम्दानी हुनेआशमा उत्पादन गर्यो । तर, पारीश्रमिक पनि मुस्किलले उठ्ने गरेको छ ।’
अरुवेला प्लाष्टिकका भाँडाले चैपट भएको व्यसाय तराईका सांस्कृतिक पर्व छठ तथा दिपावलीमा राम्रो कमाई हुने कुम्हालेको पेशा यो पटक कोरोनाको मारमा परेको उनीहरु बताउँछन् ।
वर्षभरी सवैभन्दा बढी अहिले नै माटोको सामग्री विक्रि हुने र तिहार तथा छठकोलागि खर्च जुटाउन भनेपनि आफू धनगढीमाई नपा ७ का ४३ वर्षिय सुशिल पण्डितले सुनाए । उनलेभने, ‘चाँड पर्व टार्नलाई भएपनि मूल्य राम्रो नहुँदा पनि काम गरिरहेको छु, नत्र महँगीको बेला यो काम गरेर केही फाइदा छैन ।’
‘माटो ल्याउने, भिजाउने, मुछ्ने देखि माटाका सामाग्री बनाउने, सुकाउने, पोल्ने सम्मको दुःख सम्झदा त बनाउनै मन लाग्दैन’, सुशिलले भने, ‘माटो ओसार्नेको ज्याला, पोल्न दाउरा किन्ने खर्च हुन्छ, बजारमा पुर्यायो मूल्य कम छ, कसरी जागर चल्नु ?’
उनले गतवर्ष चाड पर्व मनाएर ५० हजार रुपैयाँ बचत गरेको भएपनि यो वर्ष चाँडपर्व मनाउनै मुस्किल हुने सुनाए ।
माटाका भाँडा पूजा तथा विशेष पर्व तिहारमा मात्र काम लाग्ने भएकाले अरुवेला भने माटाका भाँडा वर्तन खासै विक्रि नहुने उनीहरुको भनाई रहेको छ । प्लास्टिका सस्ता सामाग्रीका कारण मेहनत अनुर आफूहरुले उत्पादन गरेको सामग्रीले मूल्य नपाउँदा आफ्नो पेसा धरापमा परेको उनीहरुको बुझाई रहेको छ ।