सिरहा, २८ भदौ। जेएनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार दुई जना कैदिबन्दीलाई सिरहा प्रहरीले जिल्लाको छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ। प्रहरीले नख्खु कारागार काठमाडौंबाट भागेका लहान नगरपालिका ४ रघुनाथपुरका ५१ वर्षिय रामसेवक यादव र जलेश्वर कारागार कार्यालय महोत्तरीबाट भागेका भारतको विहार प्रान्त, मधुबनी जिल्ला, थाना झंझारपुरका ३८ वर्षिय गोपाल साहलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारीसमेत रहेका डीएसपी वीरेन्द्र कुमार पासवानको नेतृत्वमा खटिएको टोलिले आज दुवैजनालाई नियन्त्रणमा लिएको जनाएको छ।
यादव बैकिङ कसुर मुद्दा र साह ज्यान मार्ने उद्योगमा पुर्पक्षमा रहेका छन्।
उनीहरु दुवैजनालाई विशेष सुराकिको आधारमा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।