गोलबजार, ९ मंसिर। आरोग्य योग विज्ञान केन्द्र गोलबजार ४ ले योग भवन तथा जेष्ठ नागरिक मिलन केन्द्र स्थापनाका लागि जग्गा दाताहरुलाई सम्मान गरेका छन्। गोलबजार नगरपालिका ५ निपनियाँका जग्गा दाता दाजुभाई गुलाव साह र विर्जु साहलाइ बुधबार एक समारोह विच सम्मान गरेका हुन्। 

उनीहरुले भवन निर्माणको लागि करिव २५ लाखमूल्य बराबरको दुई कठेठा जग्गा योग केन्द्रलाई दान गरेका हुन्। 

सम्मानसँगै आज उक्त जग्गामा भुमि पुजासमेत गरिएको छ। गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सम्मान तथा भुमिपुजन कार्यक्रममा वडा नम्वर ५ का वडा अध्यक्ष बालकृष्ण गौतम, १३ का वडा अध्यक्ष नन्दकुमार महतोलगायतका स्थानीय समाजसेवी, बुद्धिजीवि तथा सरोकारबालाहरुको उपस्थिति रहेको थियो। 

932172422_1499369755482678_288157927303369524_n