आशिष विश्वकर्मा

सिरहा, २९ जेठ। सिरहाको मिर्चैया नगरपालिका २, मल्हनियाँ खोरिका हुन् ५४ वर्षिय रामेश्वर साह। उनी गाउँ नजीकैको शौर्य सिमेन्ट उद्योगको गेटमा पछिल्लो ३५ दिनदेखि पुनः रोजगारीको माँगराख्दै धर्नामा वसेका छन्। 

चार वर्ष अघि देखि सौर्य सिमेन्ट उद्योगभित्र ग्यारेजमा हेल्परको रूपमा कार्यरत रामेश्वरको दुई वर्ष अघि दुर्घटनामा परे। २०८० साल जेष्ठ ३० गते उद्योगकै  बा. २० च ९१४ नम्बरको स्कारिप्योले किचेर उनको दाहिने खुट्टा भाँचियो। दुर्घटनामा भाँचिएको खुट्टा कामै नलाग्ने भएपछि चिकित्सकले काटेर फालिदिए। दुर्घटनामा परेका रामेश्वरको खुट्टा मात्र काटीएन, अहिले उनी रोजगारीबाट पनि वञ्चित भएका छन्। 

सुरुमा उद्योगले सम्पूर्ण उपचार खर्च बेहोर्ने, रोजगारीबाट नहटाउने आश्वासन दिँदै मिलापत्रमा सहिछाप गरायो। तर केही दिनमै रामेश्वरलाई कामबाट निकालेको रामेश्वर दुखेसो पोख्छन्। खुट्टासँगै रोगजारी गुमाउनु परेपछि उनको  परवार विचल्लिमा परेका छन्। 

सामान्य कृषक परीवारका रामेश्वरको जीविकाको मुख्य आधार आफ्नै परीश्रम थियो। आफ्नै परीश्रमबाट उनको परीवार चलेको थियो। उद्योगमा काम गर्ने क्रममा दुर्घटनामा परी खुट्टा   रोजगाकारी दुवै गुमेपछि पुनः रोजगारीको माँग गर्दै अहिलेको टन्टलापुर घाम तथा उखरमाउलो गर्मिको बेला उद्योगको गटमा धर्ना बसिरहेका छन्। तर, उनको रोदन कसैले सुनेको छैन।   

घरको मुख्य सहारा श्रीमान्ले खुट्टा गुमाएको पीडा भुल्न नपाउँदै रोजगारी गुमाउनु परेपछि ४७ वर्षिय श्रीमती सियावती साह अहिले अलमलमा परेकी छिन्। श्रीमान् श्याहार्ने की छोरा छोरीको भविष्य हेर्ने उनी आफै अलमलमा परेको बताउँछन्। ‘एकैपट यतिठूलो बज्रपात भएपछि अहिले म जीवन कसरी धान्ने कुराले अत्यासमा परेको छु। तरपनि जीवन त चालाउनै पर्यो। त्यहि भएर म अहिले गोलबजार, चोहर्वाबाट तरकारी किनेर ल्याउने र मिर्चैया, मलहनियाका बजारमा बेची रहेकी छु।’ 

तरकारी बेचेर हातमुख जोड्ने जोहो भएपनि छोराछोरीको स्कुल फी तिर्न नसक्दा उनी अहिले विलखबन्दमा परेकी छिन्। छोराको स्कूलप फी तिर्न नसक्दा स्कुलबाट निकाल्ने धम्की आईरहेको सियावतीले सुनाइन्। 

रोजगारी पुनर्बहालीको माँग गर्दै रामेश्वर ३५ दिनदेखि उद्योग गेटमा धर्ना बसेपनि उनको आवाज कसैले सुनेको छैन। प्रशासन, श्रम तथा रोजगार कार्यलय जनकपुरसम्म गुहार्दा पनि आफूले कतैबाट सहयोग नपाएको उनको गुनासो छ। रामेश्वरले भक्कानीएको स्वरमा भने, ‘काम गर्दागर्दै अपाङ्ग भएँ, न म अन्यत्र गएर काम गर्ने अवस्थामा छु। यता उद्योले पनि कामबाट निकालेपछि मेरो लालाबाल कसरी हुर्काउने, पढाउने भन्ने विषयले मलाई सताई रहन्छ।’

उद्योग प्रशासन भने जिम्मेवारीबाट पन्छन खोजिरहेको छ। सौर्य सिमेन्ट उद्योगका मानव संसाधन प्रमुख (एचआर हेड) नारायण पाण्डे रामेश्वर कन्ट्र्याक्टरमार्फत आएका कर्मचारी भएकाले हामीले यस विषयमा केही गर्न नसक्ने बताउँछन्। उनले भने, ‘उहाँ कन्ट्र्याक्टरमार्फत काममा आएकाले सवै जिम्मा कन्ट्र्याक्टरकै हुन्छ। मैले कन्ट्र्याक्टले केही रकम सहयोग दिएर सवै रफा दफा गरेको भन्ने सुनेको छु, अव हामीले केही गर्न सक्ने अवस्था छैन।’    

उद्योगको यस्तो भनाइले नैतिक र कानुनी जिम्मेवारी पन्छिन खोजेको मजदुरहरु बताउँछन्। नेपालका अधिकांश उद्योगहरूमा श्रमिकलाई बिचौलियामार्फत नियुक्त गर्ने, श्रम कानुनअनुसार सेवा सुविधा नदिने प्रवृत्तिले रामेश्वरजस्ता कयौं श्रमिक अन्याय, अन्याचार र अपमान सहन बाध्य छन्। कतिपय उद्योगहरूमा त श्रमिकले ज्यानै जाने गरेका छन्, यसप्रति न उद्योग जिम्मेवार देखिन्छ, न राज्य नै।

यता, अखिल नेपाल ट्रेड युनियन (अन्टुक)का नेता रामपुकार कामतीले रामेश्वर साह अन्यायमा परेको भन्दै न्याय पाउनु पर्ने जिकिर गरे। उनले श्रम कानुन अनुसार रामेश्वरले उद्योगबाट पाउनु पर्ने सवै सुविधा पाउनु पर्ने भन्दै उनले आफ्नो संगठनको तर्फबाट आवश्यक सवैखालको सहयोग गरिरहेको र थप गर्ने बताए। 

उनले भने, ‘रामेश्वरलाई विभिन्न कानुनी उल्झन देखाएर सम्झौता पत्रमा जबर्जस्ति हस्ताक्षर गराइएको बुझिएको छ। नेपालको कानुन अनुसार रामेश्वरलाई अन्याय भएको छ। न्याय दिलाउनका लागि जे–जति संघर्स गर्नुपर्छ हामी त्यसको लागि तयार छौं।’

रामेश्वर एक प्रनिनिधी पात्र मात्र हुन्। यहाँको उद्योगीहरुको मजदुरमारा रवैयाका कारण वर्षेनी मजदुरहरु यस्ता पीडामा पर्ने गरेका छन्।