महनेत्तरी, ३० भदाै। महाेत्तरीकाे भंगहा नगरपालिका ढ६ निवासी अशोककुमार बाँतरका २२ वर्षीय छोरा विवेककुमार सरदारको शव नाै टुक्रा गरिएको अवस्थामा प्रहरीले फेला पारेको छ। हत्या गरी शव टुक्राटुक्रा पारेर शौचालयको सेफ्टी ट्यांकीमुनि गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा चारजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
भदौ १५ गते रक्षाबन्धनका दिन जलेश्वर नगरपालिका– ११, पिगौनास्थित दिदीको घरबाट राखी बाँधेर विवेक साँझ बा.३१प ६१३८ नम्बरको मोटरसाइकलमा घर फर्किएका थिए। तर, राति अबेरसम्म घर नपुगेपछि आफन्तले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए।
प्रहरीले अनुसन्धानका क्रममा भदौ २६ गते उनको शौचालयको सेफ्टी ट्यांकीमुनि शव गाडेर माथिबाट ढलान गरेको अवस्थामा ढलान फुटाई बरामद गरेको हो।
हत्या आरोपमा प्रहरीले बलवा नगरपालिका– ७, बनौटा टोल बस्ने ५८ वर्षीय अशोककुमार ठाकुर, उनकी श्रीमती ५० वर्षीया रामकलीदेवी ठाकुर, सोही ठाउँका जितेन्द्रकुमार ठाकुरकी श्रीमती २२ वर्षीय सोनुकुमारी ठाकुर र महोत्तरी गाउँपालिका– ५ का २८ वर्षीय सियाराम शर्मालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले अशोककुमार ठाकुरको सेफ्टी ट्यांकीबाट उनको शव बरामद गरेको हो। पक्राउ परेकाहरू एउटै परिवारका ससुरा, सासू, बुहारी र छोरीज्वाइँ हुन्।
विवाहेतर सम्बन्धले निम्त्याएको हत्या
प्रहरी अनुसन्धानको प्रारम्भिक चरणमा जितेन्द्रकुमार ठाकुरकी श्रीमती २२ वर्षीया सोनुकुमारी ठाकुरको विवेकसँग प्रेम सम्बन्ध रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक विश्वम्भरनाथ साहले घटनामा गहन अनुसन्धान भइरहेको बताए। घटनाबारे विस्तृत विषय अनुसन्धानपछि मात्र खुल्ने उनले जानकारी दिए।
विवेक सम्पर्कविहीन भएको निवेदनपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। उनी बनौटाबाटै सम्पर्कविहीन भएको भेटिएपछि उनको कल डिटेल र अन्य प्राविधिक विश्लेषणका आधारमा अशोक ठाकुर, उनकी श्रीमती र बुहारीलगायत चारजनालाई नियन्त्रणमा लिएपछि तथ्य खुलेको हो।
(नयाँ पत्रिकाकाबनट)





















