मिर्चैया, २६ भदौ। सिरहा प्रहरीले मिर्चैयाको जङ्गलक्षेत्रबाट वेवारीसे अवस्थामा एक नाल बन्दुक बरामद गरेको छ। विशेष सुचनाको आधामार पुगेको प्रहरीले मिर्चैया नगरपालिका ७ कोप्चे डाँडास्थित जङ्गलक्षेत्रबाट एक नाले भरुवा बन्दुक बरामद गरेको हो।
जङ्गलमा बन्दुक बोकेर मानिस हिडडुल गरिरहेका छ भन्ने सूचनाको आधामार इलाका प्रहरी कार्यालय मिर्चैयाबाट पुगेको प्रहरी टोलिले बेवारीसे अवस्थामा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए।
बन्दुक बोक्ने मानिस फरार रहेकाले उनको पहिचान र खोज तलास कार्य भईरहेको प्रहरीले जनाएको छ।






















