सिरहा, २५ भदौ। नेपाली कम्यूनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दहाल ‘प्रचण्ड’ले देशले महाप्रलयको सामना गरिरहेको बेला सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक रहेको बताए। सिरहाको मिर्चैया नगरपालिका ५ स्थित मोहन नमुना माध्यमिक विद्यालयको नवनिर्मित भवन तथा विज्ञान प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भर्खरै रसुवको भोटेकोशी बाढीको महाविपतीले देश संकटमा परेको भन्दै सवैलाई साथ सहयोग गर्न अपिल गरेका हुन्।

विद्यार्थीहरुले गरेको विज्ञान तथा प्रविधी प्रदर्शनी अवलोकन गर्दै संयोजक दहाल, साथमा मेयर श्रवण कुमार यादव।
‘बाढीले हामी राष्ट्रिय शोकको घडिमा छौं। यो संकटको घडिमा मधेशले अपार सहयोग गरिरहेको भन्दै भन्दै संयोजक प्रचण्डले भने, ‘पहाडमा संकट परेको बेला मधेशले र मधेमा विपद परेको बेला पहाडले सहयोग गर्ने हाम्रो संस्कृति नै हो। आज पनि तराई मधेशको सहयोग अतुलनिय छ।’

मधेशवासीले गरेको सहयोग प्रति धन्यवादसमेत दिए।
सोही क्रममा उनले ‘हिमाली क्षेत्रको जनताको सुरक्षा र यहाको माटोको रक्षाकोलागी विश्वसमुदायलाई पहिला देखि नै अह्वान गर्दै आएको छ, यो विध्वन्सले हामीले हिमाली क्षेत्रको जनता र यहाँको माछो पानीको सुरक्षाको लागि अन्तराष्ट्रिय स्तरमा एकमतले आवाज उठाउनु पर्नेमा जोड दिए।
सोही क्रममा उनले आफू पटक–पटक तराई मधेश, हिमाल, पहाड र काठमाडौंको जनताबाट अनुमोदन भएको स्मरण गर्दै सिरहाको यसै क्षेत्रको जनताले निर्वाचित गराएर दोस्रो पटक प्रधानमन्त्री बनाएको स्मरण गरे। उनले भने, ‘मलाई सिरहाली जनताप्रति आगाध स्नेह, प्रेम छ, मैले यहाँको जनता, शिक्षक सवैलाई राम्रोसँग चिनेको छु। यहाँ आवश्यक पर्ने सहयोगको लागि आजपनि तयार नै छु।’
पूर्व प्रधानमन्त्री दहालले ‘यस विद्यालयको भवन शिल्यान्यास पनि मैले नै गरेको थिएँ, आज भवनको उदघाट्न गर्ने अवसर मिल्यो’, भन्दै खुशि व्यक्त गरे।
यस विद्यालयसहित यसक्षेत्रको विद्यालयलाई आवस्यक सहयोग गर्न आफू अझै तत्पर रहेको बताए।
भोली शुक्रवारसम्म चल्ने विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन कार्यक्रमा प्रतिनिधीसभा सदस्य तपेश्वर यादव, सिरहा जिल्ला समन्वय समितिका सभापति दिनेश महतो, मिर्चैया ७ फूलबरीयास्थित बाजु माविका प्रधानाध्यापक फुलगेन नायक, सगरमाथा बोर्डिङ स्कूलका संस्थापक प्रदिप तिवारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। उदघाटन कार्यक्रम मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवको अध्यक्षतामा भएको थियो।
संघिय सरकारको नमुना विद्यालय कार्यक्रम अन्तर्गत ९÷९ कोठे ४ वटा भवनहरुको आज पूर्व प्रधानमन्त्री दहालले उद्घाटन गरेका छन्।






















