मिर्चैया, २५ भदौ। सिरहा प्रहरीले ८ ग्राम ५६० मिलिग्राम ब्राउन सुगरसहित चार युवकलाई नियन्त्रणमा लिएको छ।  विशेष सूचनाका आधारमा पुगेका प्रहरीले मिर्चैया नगरपालिका १२ सिक्रौनबाट स्थानीय २४ वर्षिय दिपक सहनी, २० वर्षिय सुनिल कापर, २५ वर्षिय सरोज कापर र २२ वर्षिय पप्पु कापरलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो। 

लागु पदार्थको कारोवार भईरहेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैया र लागु औषध नियन्त्रण ब्यूरो गोलबजारबाट पुगेको टोलिले चारैजना युवकलाई लागु औषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए। 

प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर खान तलासी गर्ने क्रममा दिपक सहनीको साथबाट उक्त पदार्थ बरामद भएको जनाएको छ। 

प्रहरीले उनिहरुको साथबाट ४ थान मोवाई र २ हजार ५०० सय नगलसमेत बरामद गरेको जनाएको छ। यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताए।