सिरहा, २४ भदौ। नेपाली कम्यूनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ भोली विहिवार सिरहा आउने भएका छन्। पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्याक्रमलाई समवोधन गर्न संयोजक दहाल सिरहाको मिर्चैया आउने भएका हुन्।
विहान ११ बजेबाट मिर्चैया कटारीचौकस्थित रामजानकी पार्टी प्यालेसमा आयोजना हुन गईरहेको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा संयोजक दहालले सम्वोधन गर्ने कार्यक्रम रहेको पार्टीका जिल्ला सह–संयोजक दिपेश मोक्तानले जानकारी दिए।
कार्यक्रममा जिल्लाका केन्द्रीय सदस्य, प्रदेश समितिका सदस्य र प्रस्तावित जिल्ला समितिका सदस्यहरूको उपस्थिति रहने सह–संयोजक मोक्तानले बताए।
यस अघि विहान १० बजे मिर्चैयाको मोहन माध्यमिक विद्यालयकमा हुनगईरहेको विज्ञान तथा प्रविधी प्रदर्शनी र नमुना विद्यालय कार्यक्रम अन्तर्गत नवनिर्मित भवन उद्घाटनको कार्यक्रममा सहभागी हुने मिचैया नगरपालिकाका शिक्षा शाखाका अधिकृत ओम प्रकाश ठाकुरले जानकारी दिए।
उनले विज्ञान तथा प्रविधी प्रदर्शनी कार्यक्रममा जिल्ला भरीका सामुदायिक र संस्थागतगरी ३५ वटा विद्यालयले भाग लिने जानकारी दिए।






















