सिराहा, १० असार। सिरहा प्रहरीले ४ ग्राम ५ मिलिग्राम अवैध लागू पदार्थ ब्राउन सुगरसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ। लक्ष्मीपुर पतारी गाउँपालिका २ बाट उक्त पदार्थसहित लहान नगरपालिका १० का २३ वर्षीय मो. कलाम मन्सुरी र लहान नगरपालिका ६ का २३ वर्षीय आयुष भुजेललाई मंगलबार राती नियन्त्रणमा लिएको हो।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारसमेतबाट खटिएको प्रहरीले म.प्र ०१–००५ प ०९२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी इन्सपेक्टर नरेश लिम्वुले जानकारी दिए।
प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।






















