सिरहा, ७ असार। सिरहा प्रहरीले गोली प्रहारगरी आईतबार अपरान्ह दुई जना भारतीय लागुऔषध कारोवारीलाई नियन्त्रणमा लिएको छ। उनीहरुलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागि एक जना लागुऔषध कारोवारी घाइते भएका छन्। 

प्रहरीको गोलीलागि लागुऔषध कारोवारी भारत विहारको मधुवनी जिल्ला पौदमहा ग्रामपञ्चायत २  जोगियाका छोटु भन्ने रञ्जित कुमार पासवान गोलि गालेर घाइते भएको छ। प्रहरीले पासवान र अर्का १६ वर्षिय बालकलाई पनि नियन्त्रणमा लिएको छ। उनीहरुको साथबाट प्लाष्टिकसहित १०१ ग्राम ६ मिलग्राम प्रतिवन्धित लागु पदार्थ ब्राउनसुगरसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकले जानकारी दिए।

भारतीय सीमानजीक सिरहा नगरापालिका २१ लगडीगोठमा लागुऔषध कारोवार भईरहेको भन्ने जानकारी पाएपछि पुगेका प्रहरीमाथि उनीहरुले ढुङ्गामुडा गरेका थिए। चार–पाँच जनाको समूहमा रहेका उनीहरुले तीन चारजना मात्र प्रहरी देखेपछि ढुङ्गामुढा गरेको प्रमुख एसपी पाठकले जानकारी दिए। 

एसपी पाठकले भने, ‘प्रहरी थोरै देखेपछि उनीहरुले अट्याक गरे, प्रहरीले अवस्था नियन्त्रणमा लिन हवाई फाएर गरेपछि उनीहरु भाग्न खोजे। प्रहरीले नियन्त्रणमा लिन घुडामुनि गोली प्रहार गर्यो। गोली पासवानको पिडुलामा लागेको छ। उनको अहिले उपचार भईरहेको छ।  

सोही क्रममा प्रहरी जवान हृदयनारायण ठाकुर घाईते भएका छन्। उनको पनि उपचार भईरहेको छ। 

पासवान नेपाली लागुऔषध कारोवारीहरुलाई सवैभन्दाधेरै ब्राउनसुगर सप्लाई गर्नेमध्ये रहेको प्रहरीले जिकिर गरेको छ। उनले अहिलेसम्म नेपालमा १० देखि १२ केजी ब्राउनसुगर सप्लाई गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ। पासवानलाई यस अघिदेखि नै प्रहरीले खोज तलास गर्दै आएको थियो।