काठमाडौं, ७ असार। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले नवयुवा आन्दोलनको भावलाई नबिर्सन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुझाव दिएका छन्। चितवनको भरतपुर गेस्ट हाउस चौरमा जारी रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले नवयुवा आन्दोलनबाट प्राप्त विश्वास नभुल्नका लागि रास्वपालाई सम्झाउन पनि आफू महाधिवेशनमा सहभागी हुन आएको बताएका हुन्।

उनले भने, ‘नवयुवा आन्दोलनको भावलाई नबिर्सनु होला भनेर सम्झाउन पनि म यो महाधिवेशनमा आएको हुँ। तपाईँहरू जुन आन्दोलनबाट उदय हुनुभएको छ, जुन जनआस्था प्राप्त गर्नुभएको छ, विश्वास प्राप्त गर्नुभएको छ, त्यसलाई कहिल्यै पनि नबिर्सनु होला भनेर पनि म यहाँबाट भन्न चाहन्छु। हाम्रो पार्टी फरक होला केही छैन। हामी भन्छौँ– देश बनाउने हाम्रो सपना पनि तपाईँमार्फत नै पूरा होस्, हामी त्यो चाहन्छौँ।’

अध्यक्ष राउतले रास्वपाले नवयुवा आन्दोलनका शहीदहरूको सपनालाई पनि नबिर्सने विश्वास व्यक्त गरे।

shuba shree