सप्तरी, ६ असार। सप्तरीले प्रहरीले करिव ३२ अवैध लागुपदार्थ ब्राउनसुगरसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ। जिल्लाको बोदेबरसाईन नगरपालिका ९ स्वर्णपट्टीबाट अवैध लागुपदार्थ ब्राउनसुगर जस्तो देखिने पदार्थ ३१ ग्राम ९ सय १० मिलिग्रामसहित शम्भुनाथ नगरपालिका ८ पोखरियाका ३८ वर्षीय त्रिलोकी चौधरी र सोही नगरपालिका ७ भङ्हाका ३२ वर्षीय सन्तलाल दासलाई शुक्रवार साँझ नियन्त्तणमा लिएको हो। 

इलाका प्रहरी कार्यालय कडरबोनासमेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स. ७ प ८५२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ सप्तरी प्रहरील जनाएको छ। 

प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ। 

705521264_1588534663277540_4869241638790147670_n