उदयपुर, ६ असार। उदयपुरको उदयपुरगढी गाउपालिका ७, अधेरीस्थित मदन भण्डारी लोकमार्गमा भएको बस दुर्घटनापरि एक जनाको मृत्यु भएको छ। ३१ जना यात्रुहरू घाइते भएका छन्।  महोत्तरीको गौशालाबाट चतरा धामतर्फ जाँदै गरेको बा. २ ख. ६४६८ नम्बरको दिप इङलिस एकेडमी बोर्डिङ गौशाला नगरपालिका २ को बस अनियन्त्रित भई दुर्घटना हुँदा बर्दिवासका ६५ वर्षिय विमलेस दत्तको मृत्यु भएको हो। 

shuba shree

दुर्घटनामा परी गौशाला २ कि ३८ वर्षीया रसिलाकुमारी चौधरी र उनको छोरा १२ वर्षिय सन्देशकुमार चौधरी, ४५ वर्षको जितनप्रसाद यादव र निजको श्रीमती ३८ वर्षीया पिङ्की यादव घाइते भएको प्रहरीले जनाएको छ।

यसैगरी घाइते हुनेहरूमा वर्ष २४ कि किनितु यादव, वर्ष १५  कि चाँदनी पासवान, वर्ष ४५ को भिकारी यादव, २२ वर्षीया अमृता यादव,  २० वर्षीया अञ्जली साह, १८ वर्षीया रूपा महतो, २४ वर्ष को अनिलकुमार पासवान, ३६ वर्षको दिनेश साह र निजको ७ वर्षीय छोरा आलोक साह रहेका छन् ।

त्यस्तै, २६ वर्षीया अनिसा महतो, १५ वर्षीया नादनीकुमारी यादव, २७ वर्षको अजयकुमार मण्डल,  २८ वर्षको दीपेन्द्र महतो, २९ वर्षको जीवन आले मगर, वर्ष २६ को कुश महतो, वर्ष ३० को रामशङ्कर यादव र उनका २२ वर्षीया श्रीमती निर्मला यादव तथा निजको छोरा ७ वर्षको बिकी यादव गम्भिर घाइते भएका छन्। उनीहरुको उदयपुर जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चपागाईले जानकारी दिए।

यसबाहेक अन्य पाँच जना सामान्य घाइतेहरूको पनि उपचार भइरहेको छ। दुई जनालाई थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।