सिरहा, ६ असार। सिरहा पुस्तकालयले आफ्नो ७१औँ वार्षिकोत्सवको अवसर पारेर पत्रकार सुरेश रायलाई नगद पुरस्कारसहित सम्मान गरेका छन्। मधेश प्रदेशको सिरहा जिल्लामा रहि  नागरिकसम्म सूचना तथा समाचारको पहुँच विस्तारमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै सिरहा पुस्तकालयले रायलाई नगद रु ५ हजार १०० सय नगद सहित सम्मानपत्र प्रदान गरेको हो।

shanti nikunja

वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेश सरकारका शिक्षा तथा सांस्कृती मन्त्री मनोजकुमार सिंहले पत्रकार रायलाई नगद पुरस्कार, सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए।

सम्मान ग्रहणपछि रायले आफूलाई प्राप्त सम्मानले पत्रकारिता पेशाप्रति अझ जिम्मेवार, निष्पक्ष र समर्पित भएर काम गर्न हौसला मिलेको बताए।

उनले आफ्नो पत्रकारिता यात्रा सिरहाकै गोलबजार नगरपालिकाबाट सञ्चालित ‘गमक पोस्ट’ अनलाइनमार्फत सुरु गरेका थिए। हाल उनी हिमालय टेलिभिजन र अनलाइनखबरका लागि सिरहाबाट काम गरिरहेका छन्।

रायले सिरहा जिल्लामा रहेर कृषि, स्वास्थ्य, शिक्षा, विकास निर्माण, सुशासन, भ्रष्टाचार तथा विभिन्न सामाजिक सरोकारका विषयमा निरन्तर समाचार सम्प्रेषण गर्दै आएका छन्। उनका समाचारहरूले स्थानीय नागरिकका समस्या उजागर गर्नुका साथै सम्बन्धित निकायको ध्यानाकर्षण गराउन महत्वपूर्ण भूमिका खेल्ने गरेको छ।

सिरहा पुस्तकालयले हरेक वर्ष विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएका व्यक्तित्वलाई सम्मान गर्दै आएको छ। गत वर्ष पत्रकार तथा लेखक चन्द्रकिशोर लाई सम्मान गरेका थिए।