सिरहा, १ असार। विश्व रक्तदान दिवसको अवसर पारेर जेसिआई गोलबजारले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ‘बदर्लिदो संसारका लागि नेतृत्वको विकास’  भन्ने मूल नाराका साथ आयोजित रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका थिए। 

जेसिआर्इ गोलबजारका अध्यक्ष राहुल कुमार साहले रक्तदान जीवनदान भएकाले रगतको अभावमा रहेका बिरामीहरूको जीवन बचाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए। उनले सामाजिक उत्तरदायित्वसँगै मानव सेवाको भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए। 

कार्यक्रममा संकलित रगत उपचारको क्रममा रगत आवश्यक पर्ने बिरामीहरूको सेवामा उपयोग गरिने जनाए। सहभागीहरूले नियमित रक्तदान गर्नुपर्ने आवश्यकता औंल्याउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा युवा, स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमका अध्यक्षता जेसिआर्इ गोलबजारका अध्यक्ष राहुल कुमार साहले गरेका थिए भने, प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, लहानले गरेको थियो।

shanti nikunja