सिरहा, १० चैत। सिरहाको बरियारपट्टीमा अपरिचित व्यक्तिको शव फेला परेको छ। बरियारपट्टी गाउँपालिका ३ बलुका चोक नजिकै अन्दाजी ५५÷६० वर्षिय पुरुषको शव सोमबार अपरान्ह फेला परेको हो। 

बरियारपट्टी–सुखिपुर सडक खण्डको पश्चिम पट्टी खाली जग्गामा पुरुष शव छ भन्ने शव भेटिएको जानकारी पाउनासाथ पुगेको प्रहरीले लाशजाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न शव परिक्षणको लागि प्रादेशिक अस्पताल सिरहा ल्याएको छ। शव शव गृहमा सुरक्षित साथ राखिएको प्रहरीले जनाएको छ। 

प्रहरीले घटनाको सम्वन्धमा थप अनुसन्धान गरिरहेका जनाएको छ।