काठमाडौं, ३० फागुन। नेकपा (एमाले)को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका १६ जना समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ। पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट सांसद चयन गरी नाम टुङ्गो लाएको हो।
जस अनुसार जनजातितर्फबाट महिला पुरुष गरी चार जना रहेका छन्। जनजातिबाट समानुपातिक सांसदको सूचीमा पर्नेहरुमा भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य रहेका छन्।
यस्तै खस आर्यबाट महिला पुरुष गरी पाँच जना छानिएका छन्। जसमा पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदाकुमारी बराल (पिछडिएको क्षेत्र), गुरुप्रसाद बराल र पुष्पराज कंडेल रहेको एमालेले जनाएको छ।
यस्तै थारुबाट एक जना कृपाराम राना, दलितबाट दुई विष्णुमाया बिके, नीता घतानी छन्। त्यस्तै मधेसी (३ जना) महिला रिङ्ला यादव, यशोधाकुमारी यादव र पुरुषतर्फ चन्द्रेश्वर मण्डल छन्। मुस्लिमबाट महिला साजिदा सिद्दीकी रहेकी छन्।






















