सिरहा २९ फागुन। सिरहाको गोलबजार नगरपालिका ६ स्थित हिमालय पब्लिक बोर्डिङ स्कुलले ‘द हिमालयन आर्ट एण्ड साइन्स फायर’ मा विद्यार्थीहरुले कला तथा विज्ञान प्रदर्शन गरेका छन्। स्कुल प्राङ्गणमा आयोजित प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका विज्ञान तथा प्रविधिका विभिन्न सामग्रीहरू प्रदर्शन गरेका हुन्।

1fe33ac6-1e6d-4cd9-93a6-a35e5f2abe03

स्कूलका विद्यार्थीहरुले प्रदर्शनीमा ग्रीन हाउस, प्रकृृतिक प्रकोपबारे अग्रिम संकेत गर्ने प्रविधि, सोलार सिस्टम, हाइड्रोलिक क्रेन, इलेक्ट्रिक मोटर, सुख्खा तथा भिजेको फोहर छुट्याउने डस्टविनजस्ता जीवनउपयोगी अन्य विज्ञानसँग सम्बन्धित यन्त्र र तीनका मोडलहरु प्रदर्शन गरेका थिए। 

8267597a-d7e8-42c6-b548-870a3d39339d

विद्यार्थीमा रहेको आन्तरिक क्षमता विकास गर्ने र पढाईलाई व्यावहारमा उतार्ने सशक्त माध्यम नै प्रयोगात्मक विधि भएकोले आफ्नो विद्यालयलय सैद्धान्तिक र व्यवहारिक दुवै पद्दतिबाट शिक्षण गर्ने गरेको संस्थापक पुरुषोतम बुढाथोकीले जानकारी दिए। उनलेभने, ‘हामीले सैद्धान्तिक र प्रयोगात्मक विधिबाट पढाउँछौैं, विद्यार्थीले सिकेको व्यवहारीक ज्ञानलाई उनीहरुका अभिभावक र साथीभाईले पनि अवलोकन गर्ने अवसर मिलोस भनेर आज प्रदर्शनीको आयोजना गरिएको हो।’

800b57c4-de58-4be3-bf69-b6451b31046e

उनले यस्ता खालका प्रदर्शनीहरुले पढाईसँगै विद्यार्थीको सृजनात्मक क्षमतामा निखार आउने, वैज्ञानिक प्रयोग र अध्ययनलाई व्यवहारिक रूपमा प्रस्तुतगर्ने अवसर मिल्ने, विद्यार्थीको मनोबल र उनीहरुको आन्तरिक क्षमता प्रस्तुत हुने बताए।

प्रदर्शनीले विज्ञान केवल किताबी ज्ञानका रूपमा मात्र नभई दैनिक जीवनसँग जोडेर बुझ्ने व्यवहारिक ज्ञान विद्यार्थीमा थपीको संस्थापक बुढाथोकिले सुनाए।  उनले भने, ‘यस प्रकारका गतिविधिले अनुसन्धानात्मक चेतको विकास हुने, सिर्जनशीलता अभिवृद्धि हुने, पढेका विषयलाई व्यवहारिक रुपमा बुझ्ने र विद्यार्थीको बुझाई तथा शिकाईमा दिगो पना आउँछ।’ 

उनले विद्यार्थीले प्राप्त गरेका ज्ञान अभिभावकले पनि देख्न पाउँदा उनहाँहरुमा पनि सन्तुष्टि थपीने बताए।

विद्यालय प्रशासन प्रमुख मान बहादुर लामाल यस्ता खालका प्रदर्शनी तथा सृजनात्मक गतिविधिहरुलाई विद्यालयले निरन्ता दिने प्रतिबद्धता जनाए। उनले यो प्रकारको कार्यक्रमले विद्यार्थीहरूलाई नवीन प्रयोग र अनुसन्धानतर्फ प्रेरित गर्छ भन्ने जानेरै आयोजना गरेको बताए। 

प्रदर्शनीको गोलबजार नगरपालिकाका शिक्षा शाखाका सुवोध लामा, विद्यार्थीका अभिभावक तथा स्थानीय समाजसेवी तथा व्यक्तित्वहरुलेसमेत अवलोकन गरेको विद्यालयले जनाएको छ।