काठमाडौं, २८ फागुन। इनिशा विक हत्या प्रकरणको छानविन र दोषीलाई कडाभन्दा कडा कारवाहीको माँग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।

उत्पीडित जेन्जी फोर्स, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल लगायतले विक हत्या प्रकरणको गम्भीर ढंगले छानविनका साथै उक्त घटनामा संलग्नलाई कडा कारवाहीको माँग गर्दै बिहीबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरूले इनिशा विकको हत्यारालाई कारवाही गर, बालबालिकामाथि हुने हिंसा अन्त्य गर, पितृसत्ता मुर्दावाद, बलात्कारी जन्माउने व्यवस्थालाई ध्वस्त पारौं लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

साथै उनीहरूले सबै बलात्कारका घटनाहरूको निष्पक्ष छानविनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग समेत राखेका छन्। सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन्। 

पोस्टमार्टम रिपोर्ट र पक्राउ परेकाहरूको बयानका आधारमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। 

Inisha 3Inisha 2