सिरहा, २७ फागुन। सिरहा सरमुकाममा कानुन व्यवसायीको कार्यालयमा बम विस्फोट हुँदा एक जना घाइते भएका छन्। सिरहा नगरपालिका १ स्थित जिल्ला बार ऐसोसियन कार्यालयको वकिल मकसुदन यादवको च्याम्बर भित्र कुकर बम विष्फोट हुदाँ ३५ को सौरभ यादव समान्य घाईते भएका हुन्।
उनको प्रदेशिक अस्पताल सिरहामा उपचार भईहेको छ। उनको अवस्था सामान्य रहेको छ। उनी कानुन व्यसायी मकसुदका छोरा हुन्।
विष्फोटका कारण कार्यालयमा रहेको कम्पुटर, प्रिन्टर र फायलहरु नष्ट भएको प्रहरीले जनाएको छ। बम ससले किन विष्फोट गराएको भन्ने खुल्न सकेको छैन। प्रहरीले घटनास्थलाई घेरा हाली अनुसनधान गरिरहेको जनाएको छ।





















