सुरेश राय

सिरहा, ९ पुस। दलित महिला केन्द्र नेपाल (सीडीडब्लुएन)को ‘नेपालमा शान्तिपूर्ण तथा समाबेसी समुदायकालागी सशक्तिकरण परियोजना’ प्रभावकारी बनेको सरोकारवालाहरूले बताएका छन्। परियोजना अन्तर्गत गोलबजार नगरपालिकामा आयोजित सामाजिक लेखा परीक्षण कार्यक्रमका सहभागीहरूले गाउँ–गाउँमा पुगेर महिलाहरुलाई दिएको प्रशिक्षणले समुदायस्तरमा सकारात्मक परिवर्तन ल्याएको धारणा व्यक्त गरे।

नागरिकता, बालविवाह तथा महिलाहिंसाविरुद्धको अभियानले लक्षीत बर्गमा सकारात्मक प्रभाव पारेको भन्दै उनीहरुले खुसी व्यक्त गरे। गोलबजार नगरपालिका २ तेतरियाकी शुभ्रणदेवी सदायले यस वर्ष मात्रै संस्थाको सहयोगमा आफ्नो गाउँमा एक विधुवालाई नागरिक्ता बनाउन सहयोग गरेको बताए। उनले भने, ‘लामो समयको प्रयासपछि संस्थाको पहलमा नागरिक्ता बन्यो, म साह्रै खुसी भएको छु।’

कार्यक्रममा ज्योती महिला समूहकी अध्यक्ष रेखा लामाले संस्थामा आवद्ध भएपनि विभिन्न महिला हिंसाका घटनाहरुमा सहजीकरण गर्ने क्षमता विकास भएको बताउँदै उनले समूहको पहलमा र संस्थाको सहयोगमा विपन्न, दलित महिलाहरुको नागरिक्ता पनाउन सफल भएको बताए। 

सामाजिक लेखारीक्षण कार्यक्रममा गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठले संस्थाले पालिकासँको सहकार्यमा समाजमा सकारात्मक काम गरेको भन्दै प्रशंसा गरे। उनले नगरपालिकाले आफ्नो ढङ्गले काम गरिरहेको बताउँदै कतिपय संस्थाहरुको सहकार्यमा पनि भएको बताए। उनले दलित महिला केन्द्रसँग हामीले नजीकमा बसेर काम गरेको भन्दै उनले शिक्षा, स्वास्थ्यको क्षेत्रमा पनि काम गर्न अनुरोध गरे। 

सोही क्रममा मेयर श्रेष्ठले सामाजिक लेखा परीक्षणका लागि १० लाख रुपैयाँ बजेट छुट्याइएको भए पनि विभिन्न आन्दोलनका कारण कार्यक्रम स्थगित हुनुपरेको बताए। उनले नगरपालिकाले सामाजिक लेखा परीक्षणमा निरन्तर काम गर्दै आएको र आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता जनाए। 

साथै उनले नागरिकता नभएका विपन्न बरिवारलाई आवश्यक गाडी भाडा तथा अन्य खर्च नगरपालिकाबाट सहयोग गर्न आफू २४ घण्टा तयार रहेको स्पष्ट पारे।

सोही क्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौड्यालले संस्थाले गरेको सामाजिक लेखा परीक्षणलाई सकारात्मक लिनुपर्ने बताउँदै पालिकाहरुले भने कर्मकाण्डीढङ्गले सामाजिक लेखा परीक्षण गर्दै आएको बताए। उनले  यसलाई अझै प्रभावकारी बनाउनु पर्नेमा जोड दिए। 

कार्यक्रममा पत्रकार आशिष विश्वकर्माले नागरिकताको क्षेत्रमा संस्थाले गरेको काम सहारनीय रहेको उल्लेख गरे। ‘जनप्रतिनिधिले गर्नुपर्ने काम संस्थाले गरिरहेको छ, यसतर्फ जनप्रतिनिधिहरूको ध्यान जान आवश्यक छ; पत्रकार विश्वकर्माले भने, ‘आर्थिक रूपमा कमजोर भुमिपुत्रले गाडी भाडासमेत तिर्न नसक्दा नागरिकताबाट बञ्चित हुनु पर्ने अवस्था छ। यहि भारतीय आधार कार्ड भएका व्यक्तिले सहजै नागरिकता पाउँ छ। यस प्रति जनप्रतिनिधीले ध्यान दिन जरुरी छ।’ 

सोही क्रममा गोलबजार नगरपालिका ६ का वडा अध्यक्ष संजित लामाले वडाभित्र नागरिकता भए–नभएकोबारे घरदैलो अभियान सञ्चालन गरिएको जानकारी दिए। उनले जनप्रतिनिधिबाट आवश्यक सहयोग भइरहेको दाबी गर्दै गैरसरकारी संस्थाहरूले फरक–फरक योजनासहित काम गर्दा प्रभावकारी परिणाम देखिने बताए।

सामाजिक लेखा परीक्षणको सहजीकरण शक्ति लामाले गरेका थिए। कार्यक्रमले स्थानीय तह, नागरिक समाज र गैरसरकारी संस्थाबीच सहकार्यमार्फत सामाजिक न्याय र समावेशी विकास सम्भव रहेको सन्देश दिएको सहभागीहरूको निष्कर्ष थियो।

संस्थाका कार्यक्रम संयोजक अध्यक्षता आनन्द पाखरिनले गरेका थिए। लामाले यस आर्थिक वर्षमा संस्थाको सहयोगमा २४ देखि ७० वर्ष उमेर समूहका ३१ जनालाई नागरिकता बनाउन सफल भएको जानकारी दिए।  

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।