सिरहा, ८ पुस। सिरहा प्रहरीले धनगढीमाईबाट वेवारिसे अवस्थामा रहेको एक थान भरुवा बन्दुक फोला पारेको छ। प्रहरीले धनगढीमाई नगरपालिका १३ डाबरटोल जाने बाटोमा पर्ने चितुवा खोला नजीकबाट एक नाले भरुवा बन्दुक वेवारीसे अवस्थामा सोमबार अरान्ह फेला पारेको हो। 

इलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट खटिएको गस्ती टोलिले गस्ती गर्दै जाने क्रममा उक्त बन्दुक बेवारीसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी इन्सपेक्टर ओमप्रकाश पण्डितले जानकारी दिए। ं

प्रहरीले उक्त बन्दुक कसले र किन फालेको भन्ने विषयमा थप अनुसनधान गरिहेको जनाएको छ।