उदयपुर, ६ पुस। उदयपुरको त्रियुगामा एक व्यक्तिले आफ्र्न भाइको खुकुरी प्रहार गरी हत्या गरेका छन्। त्रियुगा नगरपालिका १ जोगीदहका ४३ वर्षीय युवराज राईले आफ्नै भाई ३० वर्षीय धर्मराजको खुकुरी प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
आमालाई कुटपिट गरेको विषयलाई लिएर दाजु–भाइबीच भएको विवादका क्रममा भाइमाथि खुकुरी प्रहारखुकुरी प्रहारबाट गम्भीर घाइते भएका भर्मराजलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङले जानकारी दिए।
घटनापछि आरोपी घटनास्थलबाट फरार भएका प्रहरीले जनाएको छ। उनको खोजीकार्य भइरहेको डीएसपी दोङले जानकारी दिए।






















