सिराहा, पुस। सिरहा प्रहरीले शुक्रवार अपरान्ह  ६ ग्रामभन्दाबढी पव्रतिवन्धित लागुपदार्थ ब्राउन सुगरसहित धनगढीमाईबाट दुई युवकलाई नियन्त्रणमा लिएको छ। कसहा–बसन्तपुर भित्रिसडक अन्तर्गत धनगढीमाई नगरपालिका ८ कसहाबाट प्रहरीले ६ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित शुक्रवार अपरान्ह दाङ घर भएका २९ वर्षीय देवराज वली र सिन्धुली कमलामाई नगरपालिका ६ रातामाटाका ३४ वर्षीय सुशिल अधिकारीलाई पक्राउ गरेको हो। 

अस्थायी प्रहरी पोष्ट कसहा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले शंकालागि ज.१ ह ३९३० नम्बरको अटोमा सवार उनीहरुलाई जाँच गर्दा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ। 

प्रहरीले अनुसन्धानको लागि अटो चालकलाई समेत नियन्त्रणमा लिएको छ। प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।