गोलबजार, ३ पुस। सृजना सेकेन्ड्री इङ्गलिस स्कूल प्रथम गोलबजार नगर स्तरीय बिद्यालय फुटबल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ। गोलबजार स्पोट्र्स क्लबको आयोजना जारी प्रतियोगिताको आज सम्पन्न सेमिफाइनल खेलमा शुभश्री इङ्गलिस स्कुल गोलबजार ६ लाई ०–६ गोल अन्तरले पछिपार्दै सृजना   स्कुल फाईनल प्रवेश गरेको हो। 

e48030c2-f5ad-4331-971c-5170377141cc

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलको उद्घाटन सृजना स्कुलका संचालक तथा प्रिन्सिपल निरज लामा र शुभश्री स्कुलका संचलक रमेश लामाले संयुक्तरुपमा निर्णायकलाई बल हस्तान्तरण गरि  भएको थियो। 

2924bf66-a1cf-4c26-a338-056fa9f1f218

खेलको म्यान अफ दि म्याचको पुरस्कारसृजना स्कुलका जर्सी नम्वर १० का खेलाडी नारायण थापाले जित्न सफल भयो। आज सम्पन्न सेमिफाइनल खेलमा उनी एक्लैले ५ गोल गरेका थिए। थापालाई सरस्वती माविका शिक्षक बिजय लामाले पुरस्कार प्रदान गरेका थिए। 

यस अघि प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल शुभश्री स्कुल गोलबजार ६ र शान्ति निकुञ्ज स्कुल गोलबजार ७ बिच भएको थियो। सो खेलमा शान्ति निकुञ्जले ०–३ गोलअन्तरको जित हात पारेका थिए। तर बिद्यार्थीको इमेस कोड दुरुपयोग गरि फरक बिद्यार्थी खेलाडीको रुपमा सहभागी गराएको भनी शुभश्री स्कुलले आयोजक समितिमा खेलको नतिजा रद्द गरिपाउ भनी निवेदन दर्ता गराएका थिए।

निवेदनमाथि छानबिन गर्दा आरोप पृष्ठि भएको कारण मिति २०८२÷०९÷०१ गतेको नतिजा रद्द गरि शुभश्री स्कुललाई सो खेलको बिजेता घोषित गरिएको थियो।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल शनिबार बालबिकास आवासीय बिद्यालय गोलबजार ८  र सरस्वती मावि गोलबजार ३ बिच २ः०० बजेबाट हुनेछ। 

भोलि शुक्रबार गोलबजार भेट्रान्स र मिर्चैया भेट्रान्स बिच २ः०० बजेबाट तथा महिला मैत्रीपूर्ण खेल आकाशगंगा एफसी गोलबजार १ र धर्मपुर एफसी गोलबजार १० बिच दिउँसो ३ः३० बजेबाट हुने जानकारी आयोजक समितिका सरोज लामाले जानकारी दिए। 

mount MBA