मिर्चैया, २ पुस। सिरहाको मिर्चैयामा ढलमा खसेको बालकलाई सकुशल उद्धार गरिएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैयामा ढलको चेम्वरबाट करिव १० फिट तल खसेको बालकलाई स्थानीयले सकुशल उद्धार गरेका हुन्।

कञ्चनपुर–कमला सडक विस्तार परियोजनाको काम भइरहेका क्रममा ढलको चेम्वर खुला अवस्थामा रहेको उक्त खेल्दै आएका उक्त बच्चा भित्र पसेको स्थानीयले बताए। ढलमा बच्चा खस्दा केहीबेर होहल्ला मच्चिएको थियो।
बच्चा इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीको भएको बताइएको छ। तर, प्रहरीले भने घटना भएको भएपनि त्यसको सवै विवरण अझै आई नसकेको बताएको छ।
स्थानीयवासीहरूले तत्परता देखाउँदै तत्काल उद्धार कार्यमा जुटी बच्चालाई सकुशल बाहिर निकालेका छन्। उद्धारपछि बच्चाको अवस्था सामान्य रहेको जनाइएको छ।
सडक विस्तारका क्रममा ढल तथा नालाका चेम्बरहरू खुला राखिँदा सर्वसाधारण, विशेषगरी बालबालिका उच्च जोखिममा पर्ने गरेका छन्। स्थानीयहरूले निर्माण कार्यमा संलग्न निकायलाई तत्काल आवश्यक सुरक्षा व्यवस्था मिलाउन तथा खुला चेम्बरहरू शीघ्र ढाक्न माँग गरेका छन्।





















