सिरहा, २० भदौ। सिरहाको गोलबजारमा स्कूल बसले किचेर विद्यार्थीको ज्यान गएको छ। गोलबजार नगरपालिका २ टुड्कीया सैनिक चौकस्थित ट्रिनिटी बोर्डिङ्ग स्कूलको ग १ ख ३७८८ नम्वरको बसले  सोही विद्यालयमा अध्ययनरत स्थानीय मदन साहको छोरा अन्दाजी १० वर्षिय आदर्श कुमार साहलाई ठक्कर दिंदा उनको घटनास्थलमै ज्यान गएको हो। 

विद्यालयबाट घर जाने क्रममा बसले किच्दा टाउकोमा गम्भिर चोट लागेका साहको घटना स्थालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूनचा अधिकारी डीएसपी बीरेन्द्र कुमार पासवानले जानकारी दिए। 

ठक्कर दिने बसको चालक गोलबजार ३ का अन्दाजी २८ वर्षिय बिमल भुजेल घटनालगतै फरार भएको छ। उनको खोजतलास भईरहेको प्रहरीले जनाएको छ। 

शव कानुन बमोजिम प्रकृति मुचुल्का गरी पोष्ट मार्टमको लागि राउ स्मारक प्रादेशिक अस्पताल लहान पठाइएको छ। बस प्रहरीको नियन्त्रणमा रहेको छ। 

प्रहरीले स्कुलका संस्थापक प्रिन्सिपल दिलिप बुढाथोकीलाई नियन्त्रणमा लिई अवाश्यक अनुसन्धान गरिरहेको जनाएको छ।