सिरहा, १२ भदौ। जनता समाजवादी पार्टी(जसपा) नेपालले जारी गरेको भूमि विधेयक तत्काल खारेजीको माँग गर्दै सिरहाको गोलबजारमा प्रदर्शन गरेको छ। संघीय सरकारले भूमि विधेयक मधेशलाई मरुभूमि बनाउन र यहाँको मुलवासिलाई अल्पसंख्यामा पुर्याउन खोजेको भन्दै जसपा नेपालले सिरहाले विहिवार गोलबजारमा प्रदर्शन गरेको हो।  

प्रदर्शन पछि गोलबजारको मुख्य चौकमा भएको कोणसभामा पार्टीका केन्द्रिय नेता अशेश्वर यादवले सरकारले मधेरलाई मरुभुमि बनाउने योजनासहित नै विधेयक ल्याएको जिकिर गरे। उनले भने, ‘चुरेको अनियन्त्रित दोहनको प्रभाव अहिले मधेशमा देखिन थालिसकेको छ। चुरेमा बस्ति बसाल्ने योजना सहित यो विधेयक ल्याएको हो। यसलाई जुनसुकै हालतमा खारेज गर्नु पर्छ।’

सो क्रममा बक्ताहरुले भूमि विधेयकमा असहयोग गरेकै कारण आफ्ना पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउन १९ वर्ष पुरानो गौर हत्या काण्डको विषय उठाएको उनीहरूको आरोप लगाए। उनीहरूले अदालतको प्रमादेशलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्य गरेका छन्।

जसपा नेपाल सिरहाका अध्यक्ष अशोक कुमार यादवको नेतृत्वमा भएको प्रदर्शनमा भूमि विधेयक ल्याएर सरकारले मधेशलाई मरुभूमीकरण गर्न खोजेको आरोप लगाए। 

गोलबजारको धमिनीस्थानबाट निस्केको जुलुस बजार परिक्रममा पछि मूख्य सडकमा पुगेर कोणसभामा परिणतत भएको थियो।

527356634_4176884619230278_139256916015759546_n