रामनारायण ठाकुर

सिरहा,, ९ भदौ।  सिरहा मल्हनिया पिराडी सेवा समाज, दोहा कतारको पहलमा मिर्चैयाका दलित परिवारलाई खाद्य सामाग्री राहत स्वरुप प्रदान गरेका छन्। मिर्चैया नगरपालिका २, मल्हनियाँ पोखरी नजिकै बसोबास गर्दै आएका ५४ वर्षीय विपतीया सादालाई राहत सामग्री प्रदान गरेका हुन्। 

shreejana school

सिरहा मल्हनियाँ पिराडी सेवा समाज दोहा कतारका अध्यक्ष पाण्डव ठाकुरको अगुवाइमा १ क्विन्टल चामल, १० केजी दाल, १५ केजी आलु, ७ लिटर खाने तेल, ५ केजी नुन, २ केजी मसौरा, २ केजी प्याज लगायत अत्यावश्यक खाद्यान्न सामाग्री उपलब्ध गराएको छ। 

सादा अति विपन्न र पीडित अवस्थाका व्यक्ति रहेको स्थानीयले बताए। पाँच सन्तानका बाबु सादा लामो समयदेखि आर्थिक अभाव, स्वास्थ्य समस्याले पीडित छन्। बुढेशकालका सहारा एक मात्र छोरा ३५ वर्षीय अशोक सादा शारीरिक रूपमा अपाङ्ग छन्। दुई छोरीहरूको विवाह भइसकेको छ भने एक छोरीको अझै विवाह गर्न बाँकी छ। कान्छी छोरी भने अझै सानै उमेरकी छिन्। पाँच वर्ष अघि उनकी श्रीमती ५० वर्षीया रामकुमारी सादा प्यारालाईसीस (लक्वा) रोगबाट ग्रसित भइ पूर्ण रूपमा अशक्त छन्। हाल उनी अर्धचेत अवस्थामा घरमै उपचार र हेरचाहमा रहेको सदायले बताए।

‘दुई छाक टार्नै मुस्किल छ, औषधि ल्याउने कि बालबच्चा पाल्ने, दिनहुँको यही पीडा छ।’ सादाले गला अवरुद्ध पार्दै भने।

राहत वितरण कार्यक्रम सादा परिवारको घरमै सानो समारोहका बीच सम्पन्न भएको थियो। कार्यक्रममा समाजका संस्थापक तथा पूर्व अध्यक्ष शिवशंकर कापर, पूर्व अध्यक्ष राजकुमार कापर साथै समाजका दोहा कतारका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।

‘सेवा नै धर्म हो’ भन्ने मूल नाराका साथ, समाजले आगामी दिनहरूमा पनि यस्ता सहयोग कार्यक्रमहरू प्रवासी नेपालीहरूको सहकार्यमा निरन्तर सञ्चालन गर्दै लैजाने बताए।