सिरहा, ७ भदौ। सफा, सुन्दर र स्वस्थ समाज निर्माणका अभियानमा सक्रिय गोलबजारका युवाहरुलाई आवश्यक सहयोग गर्न तत्पर रहेको बक्ताहरुले प्रतिबद्धता जनाएका छन्। गोलबजार श्रमदान तथा सरसफाई युवा समूहको प्रथम बार्षिकोत्ववको अवरमा गोलबजार ४ बरपीपलचौकमा आयोजित अन्तरकृयाका बक्ताहरुले आ–आफ्नो तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
‘सफा तथा स्वच्छ नगर हाम्रो पहिचान, सरसफाई र हरियाली हाम्रो अभियान’ भन्ने नाराका साथ विगत एक वर्षदेखि क्रियाशिल युवासमूहको शनिवार सम्पन्न अन्तक्रियामा सिरहा जिल्ला समन्वय समितिका उपसभापति दिलिप लामाले युवाहरुले गरिरहेको कामको प्रशंसा गर्दै अभियानमा सहयोग गर्ने जनाए। उनले भने, ‘तपाईंहरुले निस्वार्थ रुपमा गर्नुभएको कामलाई म सम्मान गर्दछु। जिल्लाको जुनसुकै पालिकाहरुमा अभियान लिएर जाँदा मैले गर्नु पर्ने म सहयोग गर्छु।’
उपसभापनि लामाले यसलाई अझै वृहत र फराकिलो बनाउनु पर्नेमा पनि जोड दिए। ‘तपाईंहरुले गर्नुभएको काम पकै पनि चुनौति पूर्ण छ। यो सहज ढङ्गले अगाडी बढाउन सहज छैन। तर, पनि यो समाजको लागि अतिआवश्यक छ,’ उपभापति लामाले भने।
सोहि क्रममा गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठले पालिकाले गर्ने काम तपाईं युवाहरुले गरेको भन्दै धन्यवाद दिए। उनले भने, ‘नगरापलिकालाई सफा, सुन्दर र हराभरा बनाउने काम हाम्रो हो। यसमा हामीले चाहेजति गर्न सकिरहेका छैनौं। तपाईंहरले जुन कामगरिरहनु भएको छ। नगरपालिका सहयोग र सहकार्य गर्न तत्पर छ।’
उनले यस श्रम तथा सरसफाई समूहलाई तत्काल ५० हजार नगर सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै सवै वडाहरुलाई समूहलाई सहयोग गर्न निर्देशन दिने र समूहले राम्रा कामको प्रस्तावना ल्याएसहयोग सहकार्य गर्न तत्पर रहेको बताए।
गोलबजार नगरपालिका ३ का वडा अध्यक्ष धनप्रसाद लामाले पनि आफूहरुले वर्षेनी सरसफाईको लागि भनेर रकम विनियोजन गरेपनि त्यसको उचित उपयोग हुननसकेको भन्दै सहकार्य गर्न तयार रहेको जनाए।
सोही क्रममा गोलबजार नगरपालिका ९ का पूर्व वडाअध्यक्ष तथा मजदुर नेता रामपुकार कामतीले आफू महिनाको दुई वटा शनिवार प्रत्यक्षरुपमा श्रममा सहभागी हुने प्रतिबद्धता जनाए।
सरसफाई अभियानी वाराको सिमरा जितपुरका विष्णु साँपकोटा, केदार थापाले अभियानको सफलताको कामना व्यक्त गरे।
सोही क्रममा पूर्व शिक्षक गंगा साह, पूर्व सिरहा जिल्ला उपसभापति बद्रि साहीले मन्तव्य व्यक्त गरेका थिए।
बार्षिकोत्सवको अवसरमा अभियानमा विभिन्न प्रकारले सहयोग गर्ने व्यक्तित्वहरुलाई दोसल्ला ओडाएर र भेष्ट प्रदान गरेका थिए।
बार्षिकोत्सवको अवसमा रक्तदान
गोलबजार श्रमदान तथा सरसफाई युवा समूहको प्रथम बार्षिकोत्ववको अवरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। नेपाल रेडक्रस लहानसँगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाभन्दा बढी स्थानीय युवा, व्यसायी तथा बुद्धिजिवीहरुले रक्तदान गरेको समूहका संयोजक औतारी लामाले जानकारी दिए।