जनकपुरधाम, ४ भदौ। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सरकारले गर्ने विकास निर्माण कार्यमा इँटाको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकएका छन्। नेपाल इँटा उद्योग महासंघ मधेश प्रदेशको जनकपुरमा जारी दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री सिंहले पछिल्ला दिनहरुमा सडक, ढलजस्ता निर्माण कार्यमा कङ्क्रिटको प्रयोग बढेको भन्दै यस्ता कार्यमा इँटाको प्रयोगलाई प्राथामिकता दिनुपर्ने बताएका हुन्। 

shreejana school

निर्माणकार्यमा बढ्दो कङ्कीट प्रयोगले पनि जलसतह प्रभावित बन्न पुगेको प्रति मुख्यमन्त्री सिंहले चिन्ता व्यक्त गरे। उनले भने, ‘विकासको नाममा सढक ढलान भएको छ, नाला ढलान गरेको छ, पोखरी सौन्दरीकरणको नाममा कङ्क्रिट विछ्याएको छ, जसका कारण जमिनले पानी सोस्ने प्रकृया प्रभावित भईरहेको छ।  सढक तथा नाला निर्माणजस्ता विकासको काममा इँटाको प्रयोगलाई प्रदेश सरकाले अवको दिनमा प्राथमिकतामा राख्छ।’

सोही क्रममा इँटा उद्योगमा कामगर्ने दक्ष जनशक्ति अभावमा ठूलो परीमाणमा नेपाली धनरासी विदेशीयको प्रति मुख्यमन्त्री सिंहले चिन्ता व्यक्त गरे। इँटा उद्योगमा आजपनि ९० प्रतिशत भारतीय कामदार प्रयोग हुनेगरेको छ। मुख्यमन्त्री सिंहलले आफ्नै जनशक्ति दक्ष बनाउन धरेलु उद्योग कार्यालयलाई निर्देशन समेत दिए। 

प्रदेश सरकारले प्रत्यक एक हजार इँटाको एक सय रुपैयाँ कर लिने गरेको निर्णयका विषयमा पनि छलफल गरेर समायोज गर्न सकिने प्रतिबद्धता जनाए। उनले भने, ‘स्थानीय तहले सवैभन्दा धेरै राजस्व उठाउँछ, त्यसमध्ये ६० प्रतिशत स्थानिय तहलाई र ४० प्रतिशत प्रदेशलाई पठाउने व्यवस्था भएपनि त्यहाँबाट रकम आईरहेको छैन। इँटा उद्योगमा प्रदेश सरकाले लगाएको करको विषयमा छलपफल गर्न सकिन्छ।’

महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष महेन्द्र बहादुर चित्रकारले संघिय सरकाले पुस मसान्तपछिमात्र उद्योगमा फायरिङ्ग खोल्न (इँटा पकाउन) गरेको निर्णय प्रति असन्तुष्टि जनाए। उद्योगीहरु त्यसैपनि आर्थिक मन्दीको सिकार भएको जनाउँदै चित्रकारले सरकारी निर्णय व्यवहारिक नभएको बताए। उनले भने, ‘हामीले प्रदुशण न्यूनिकरण र कार्वन उत्सर्जन नियन्त्रणका विभिन्न उपायहरु अपनाई रहेकै छौं, तरपनि सरकारले उद्योगीको पीडा बुझिरहेको छैन।’

उनकपुर उप–महानगरपालिकाका मेयर मनोज कुमार साहले आफू इँटा व्यसायी नभएपनि उद्योगीहरुको पीडा नजीकबाट बुझेको बताए। उनले इँटा व्यसायीहरु विभिन्न खालका समस्यामा रहेको बेला अहिले थप तेहेरो करको मारमा परेको बताए। उनले भने, ‘इँटा उद्योगीहरु दक्ष कामदार अभाव, कोइलामा हुने मिसाबट, विकास निर्माणको कार्यमा बढ्दो कङ्क्रिटको प्रयोगले उद्योगी मारमा छ। त्यसमाथि भ्याट, स्थानीय तहलाई दिनुपर्ने राजश्व र अव प्रदेशले पनि राजश्व लिने भएपछि उद्योगी मारमा पर्छ। यस विषयमा प्रदेश सरकाले सोच्नु पर्छ।’

महासंघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष कृष्ण कुमार अवाले, नगराईन नगरपालिकाका मेयर विनय कुमार यादव, नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य अरुण कुमार प्रधान, इँटा उद्योग संघ रौतहटका जिल्ला अध्यक्ष रामविनोद साहले उद्योगका समस्याहरुका विषयमा बताएका थिए। उनीहरुले यो जोखिपूण व्यसाय भएकोले काँचो इँटाको विमा गर्न सरकारले सहजीकरण गर्नु पर्ने माँग गरे। 

सोही क्रममा महासंघका मधेश प्रदेश अध्यक्ष विक्रम साहले उद्योगीहरु ठूलो समस्यामा रहेको जानकारी दिए। उनले भने, ‘हामी उद्योगीहरु ठूलो जोखिम मोलेर इँदा उत्पादन गरिरहेका छौैं, हाम्रो इँटाले उचित मूल्य पाईरहेका छैनन्। विकास निर्माणका सम्पूण कार्यमा कङ्क्रिटले इँटा विस्थापीत गरिरहेको छ। ऋाज पनि हाम्रो इँटा विक्रिभईरहेको छैन। सरकाले विकास निर्माणको काममा इँटाको प्रयोगालाई प्राथमिकता दिनु पर्यो।’ 

कङ्क्रिटको अत्यधिक प्रयोगले जथाभावी उत्खनन भईरहेको छ। जसका कारण भुक्षय र पानिको वाटर टेवल ढाउन भईरहेको छ। यसलाई नियन्त्रण गर्न पनि इँटाको प्रयोग जरुरी रहेको अध्यक्ष साहको भनाई रहेको छ। 

उनले आफूहरुले राज्यलाई कर बुझाउने र ठूलो परीमाणमा मजदुरहरुलाई रोजगारी दिईरहेको समेत बताए। ‘देशभरी एक हजार ३३९ इँटा उद्योगहरु छन्। त्यसमध्ये ७०० उद्योग मधेश प्रदेशमा मात्र रहेको  अध्यक्ष साहले बताए। मन्दिका कारण यो वर्ष मधेशमा ३२० उद्योगमात्र सचालनमा आयो। त्यसमा पनि २०० उद्योग मात्र राम्रोसँग सक्यो।’

a69f911f-69e5-4f04-9a7e-01daea73e22d7b9a46e7-4621-4c9b-801b-e67affb339061e246fc8-fec3-46d2-9bcc-3b6daa5359d0