सर्लाही, ३१ साउन। सर्लाहीको हरिपूर्वामा शुक्रबार राति गोली प्रहार गरी एक जनाको हत्या भएको छ। हरिपूर्वा नगरपालिका ६, का ४० वर्षीय रामपुकार यादवको हत्या अभियोगमा एक प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। 

शुक्रबार राति करिब ८ बजेतिर घरमा छरछिमेकीसँग कुराकानी गरेर बसिरहेका बेला मोटरसाइकलमा आएका दुई जना व्यक्तिले रामपुकारलाई गोली प्रहार गरी फरार भएका थिए। 

527356634_4176884619230278_139256916015759546_n

गोली हानिसकेपछि भाग्दै गर्दा हरिपुर्वा नगरपालिकाअन्तर्गत नै पर्ने वसन्तपुरमा उनीहरू मोटरसाइकल दुर्घटनामा परेको डीएसपी सरोज राईले बताए। 

‘दुई जनामध्ये एक जना घाइते भएका छन् भने अर्का फरार छन्’, डीएसपी राईले भने, ‘घाइतेलाई अहिले प्रहरी नियन्त्रणमा राखेर जनकपुर अस्पताल भर्ना गरिएको छ।’ फरार अर्का व्यक्तिको भने खोजी भइरहेको उनले बताए। 

टाउकोमा गोली प्रहार हुँदा गम्भीर घाइते रामपुकारलाई उपचारका लागि महोत्तरीको पर्सास्थित एक स्वास्थ्य संस्थामा पु¥यापनि चिकित्सकले मृत घोषणा गरेको थिए। मृतक रामपुकारको शव शनिबार बिहानसम्म सोही अस्पतालमा रहेको छ।

शनिबार बिहान घटनाको प्रकृति मुचुल्का उठाउने काम भइरहेको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए। प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउने तयारी रहेको छ।