सिरहा, २९ असार। सिरहा प्रहरीले धनगढीमाई नगरपालिका ११ मा भएको वृद्ध हत्या आरोपमा दुई युवकलाई पक्राउ गरेका छन्। लहान नगरपालिका २४ मल्हनामा घर भई धनगढीमाई नगरपालिका ११ आमटोल बस्दै आएका ८८ वर्षीय फनिलाल यादवको हत्या अभियोगमा धनगढीमाई नगरपालिका २ भवानीपुरका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त मण्डललाई पक्राउ गरेका हुन्। 

527356634_4176884619230278_139256916015759546_n

उनीहरुले चोरी गर्ने उद्देश्यले घरभित्र पसेका उनीहरुले वृद्धले हल्ला गर्न थालेपछि खुकुरी प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्लन आएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी अनन्तराम शर्माले जानकारी दिए। 

सीसीटीभी फुटेज र हत्या भएको ठाउँमा छुटेको चप्पल पच्छाउँदै जाँदा साउन २३ गते आरोपित मण्डल पक्राउ परेका थिए। मण्डलले दिएको बयानका आधारमा प्रहरीले चौधरीलाई २७ गते घरबाटै पक्राउ परेको बताए। 

चौधरीले आफ्नै साथमा रहेको खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ। घटनामा प्रयोग भएको खुकुरी चौधरीले काकाको घरबाट ल्याएको खुल्न आएको छ।  

इलाका प्रहरी कार्यालय लहान, जिल्ला प्रहरीकार्यालय सिरहा, मधेस प्रदेश र केन्द्रीय अनुसन्धान टोलीले संयुक्त रूपमा अनुसन्धान गरिरहेको एसपी शर्माले बताए। 

जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको  जनाए। फनिलालको साउन १४ गते हत्या भएको थियो।