जनकपुरधाम, २८ साउन। मधेश प्रदेश सरकारद्वारा अहिलेसम्मकै उच्च आन्तरिक राजश्व संकलन गरेको छ। आर्थिक वर्ष ०८१/८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैयाँ आन्तरिक राजश्व संकलन गर्दै मधेश प्रदेश सरकारले विगत वर्षहरुको तुलनामा उल्लेखनीय आन्तरिक राजश्व संकलनमा गरेको हो।
विगत वर्षहरूसँग तुलना गर्दा २०८१/८२ मा संकलित रकम सात वर्ष अघिको भन्दा दोब्बरभन्दा बढी भएको अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए। महतोका अनुसार कर प्रशासन सुदृढीकरण, राजस्व चुहावट नियन्त्रण, डिजिटल प्रणालीको विस्तार र आन्तरिक आर्थिक गतिविधि वृद्धिका कारण यो प्रगति सम्भव भएको हो।
प्रदेश सरकारले आव ०७५/७६ मा २ अर्व ६६ करोड १५ लाख ३६ हजार , आव ०७६/७७ मा २ अर्व ७५ करोड ७२ लाख ४१ हजार, आव ०७७/७८मा १ अर्व ९५ करोड ४८ लाख ५१ हजार आन्तरिक राजश्व संकलन गरेको छ थियो।
यसैगरी, आव ०७८/०७९ मा २ अर्व ८८ करोड ६ लाख ३२ हजार, ०७९/८० मा ३ अर्व ९० करोड २५ लाख २८ हजार र आव २०८०/८१ मा ३ अर्व ५ करोड ९२ लाख ३१ हजार राजश्व संकलन भएको थियो।