काठमाडौं, २८ साउन। निर्वाचन आयोगले अनिलकुमार झालाई नेपाल सदभवना पार्टी र पञ्जा छाप दिने निर्णय गरेको छ। मंगलबार बसेको आयोगको बैठकले झालाई पार्टी र चुनाव चिन्ह दिने निर्णय गरेको हो।
‘निर्वाचन आयोगले मेरो पक्षमा निर्णय गर्दै नेपाल सदभावना पार्टी र पञ्जा छाप दिने निर्णय गरेको छ, पत्र बुधबारसम्म पाउँछु होला,’ झाले भने।
सो पार्टी रामकुमार महतोको नाममा दर्ता रहेको र पार्टीको नेतृत्व हस्तान्तरण गर्न आग्रह गरे पनि उनले झालाई दिएका थिएनन्
जसका कारण महतो र झा बिच सो पार्टी र पार्टी चिन्हका बारेमा कानुनी लडाई चलिरहेको थियो। तर, अन्ततः झाले बाजी मारेका हुन्।
‘६० प्रतिशत भन्दा बढी केन्द्रीय नेताले मेरो पक्षमा हस्ताक्षर गरे पछि पार्टी र चिन्ह मैले पाएको हुँ,’ झाले भने।
आयोगले झाको पक्षमा निर्णय गरे पछि महतो भने अदालत जाने भएका छन्। ‘अब म अदालत जान्छु, यो जालझेलपुर्ण निर्णयको बिरोधमा उभिन्छु।’
उनले लोकतान्त्रिक समाजवादी पार्टीवाट गत चैत ४ गतेको ब्याक डेट साउन पहिलो साता अध्यक्ष महन्थ ठाकुरसमक्ष राजिनामा दिएका थिए। जो स्वीकृत भईसकेको छ।
गजेन्द्रनारायण सिंहको लिगेसी रहेको नेपाल सदभावना पार्टी र चुनाव चिन्ह पाए पछि झाले निकट भविश्यमा पत्रकारसम्मेलन गरेर पार्टीको धारणा सार्बजनिक गर्नेछन्।