जनकपुरधाम, २७ साउन। नेपाल पमत्रकार महासंघले वकिलहरुले महासंघका मधेश प्रदेश अध्यक्ष श्याम बनजारा, महासचिव शैलेन्द्र महतो क्रान्तिलगायत पत्रकारमाथि भएको आक्रमणको भत्र्सना गरेको छ। महासंघका अध्यक्षसहितका पत्रकारहरुले जग्गा संरक्षण गर्न तारले घेरबार गरिरहेको अवस्थामा मंगलबार नेपाल बार एसोसिएसनमा आबद्ध वकिलहरुले हुलहुज्जत गरी कुटपीट गरेको घटनाको विज्ञप्ती मार्फत भत्र्सना गरेको हो।  

527356634_4176884619230278_139256916015759546_n

पत्रकार महासंघका केन्दीय महासचिव रामप्रसाद दहालले जारी गरेको विज्ञप्तीमा ‘पत्रकारमाथि भएको आक्रमण प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप हो। अतः पत्रकारमाथि आक्रमणमा संलग्नहरुलाई तत्कल कानुनी कारबाही, घाइते पत्रकाहरुको उपचार र भविष्यमा यस प्रकारको घटना दोहोरिन नदिने प्रतिबद्धता मिलाउन महासंघ सम्बद्ध निकायसंग जोडदार माँग गर्दछ,’ उल्लख गरेको छ।

कुटपिटबाट महासंघ मधेश प्रदेश अध्यक्ष बनजारा, महासचिव शैलेन्द्र महतो क्रान्ति, पत्रकार दिवाकर राय र अनिलकुमार निराला घाइते भएका  छन्। महासचिव क्रान्तिको पैतालाको हड्डी भाँचेको छ।

पत्रकार महासंघ मधेस प्रदेशले गुठी संस्थाबाट लिजमा लिएको जग्गामा तारबार लगाउन थालेपछि वकिलहरुले पत्रकारहरुमाथि आक्रमण गरेको महासचिव क्रान्तिले जानकारी दिए।

पत्रकार महासंघको प्रदेश समितिले जनकपुरधाम उपमहानगरपालिका ४ स्थित रहेको चार कट्ठा जग्गा गुठी संस्थानबाट २० वर्षका लागि लिजमा लिएको छ। उक्त जग्गा तारबार गर्ने क्रममा वकिलहरुले आफ्नो पार्किङस्थल रहेको दाबी आक्रमण गरेको महासचिव महतोले बताए। साउन १९ गते महासंघको गुठी संस्थानसँग ४ कट्ठा जग्गाको सम्झौता भएको छ। 

532405657_4152741978276233_5994905419557739528_n