सिरहा, २७ साउन। सिरहा र सप्तरीको सीमामा पर्ने बलान नदीमा नुहाउने क्रममा डुबेका बालकको शव भृटिएको छ। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ३ परियारपुरका शिवकुमार यादवका छोरा १४ वर्षीय घनश्याम यादवको आज विहान ११ बजे मृत भेटिएको हा।

साथीहरुसँग बलान नदीको पुल छेउमा सोमबार बिहान नुहाउ गएका उनी डुबेर बेपत्ता भएका थिए।लगतैबाट स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजबिन गरे पनि अवेरसम्म भेटिएका थिएनन्।

आज बर्दिबासबाट आएको गोताखोर टोलीले करिब साढे ११ बजेको समयमा पुलभन्दा करिब ५० मिटर दक्षिण नदीमा तैरिरहेको अवस्थामा बालकलाई मृत फेला पारेको बताइएको छ। शव पोष्टमार्टमको लागि राउस्मारक प्रादेशिक अस्पताल लहान लगिएको छ।

यस विषयमा आवश्यक अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय, लहानका प्रमुख डीएसपी कैलाश राईले जानकारी दिए।

527356634_4176884619230278_139256916015759546_n