सिरहा, २६ साउन। सिरहाको सखुवान्नकारकट्टी गाउँपालिका ३ परीयारपुरका शिव कुमार यादवका १४ वर्षीय छोरा घनश्याम कुमार यादव बलान नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन्। बाढी आएका बेला साथीहरुसँग विहान नुहाउन गएका उनी अझै फेला परेको छैन।

कहिल्यै नुहान नगएका उनी साथीहरुसँगै नुहाउन गएका थिए, साथीहरुमध्ये एकजनाले निकाल्न खोज्दा खोज्दै उनीपनि डुब्न खोजेपछि छोडेर  निस्केको स्थानीयले बताए। निस्केर केही वेरमै वेपत्ता भएका थिए। 

त्यस क्षेत्रमा बाढीका बेला अत्यधिकमात्रामा बालुवा भरिने भएकाले पुरीएका हुनसक्ने स्थानीयको भनाई छ। 

शसस्त्र प्रहरीका डीएसपी नन्दराज राईको कमाण्डमा खोजी कार्य भईरहेपनि अझै नपरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीले थप खोजिकार्यको लागि गोताखोर ल्याउने प्रयास भईरहेको बताए। 

527356634_4176884619230278_139256916015759546_n