सुनसरी, २६ साउन। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहनरसिंह गाउँपालिका ३ मा आज विहान बस र विङ्ग आपसमा ठाकिंदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

shreejana school

भोक्राहा नरसिंह गाउँपालिका ३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा काँकडभिट्टाबाट खोटाङ दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशातर्फबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङगर माइक्रो एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा विङगरमा सवार एक महिलासहित तीन जनाको मृत्यु भएको हो।

घाइते तथा मृतक पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए। घाइतेहरूलाई उपचारको लागि सुनसरी र मोरङको विभिन्न अस्पतालमा पठाइएको खतिवडाले जानकारी दिए। बस चालक झापा अर्जुनधारा नगरपालिका १ का  ३६ वर्षिय गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।