सिरहा, २० साउन। सिरहा प्रहरीले कटुवा पेस्तोलसहित तीन जना भारतीय युवकलाई नियन्त्रणमा लिएको छ। चोहर्वा सिरहा सडक अन्तर्गत नरहा गाउँपालिका ३ हिमालय सुगर मिल अगाडीबाट मंगलबार अपरान्ह भारत विहारको मधुवनी जिल्ला वेल्हीपूर्वी ३ कमलावारी छरापट्टीका २० वर्षिय अकाश यादव, सोही उमेरका ओमशंकर यादव र ऋषि नाथलाई कटुवापेस्तोल सहित नियन्त्रणमा लिएको हो।
विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलिले तीन जना सवार भारतीय मोटरसाइकल रोकी चेक जाँच गर्दा उनीहरुको साथबाट पेस्तोल बरामद भएको जनाएको छ। उनीहरुले के प्रायोजनको लागि हतियार बोकेर हिडेको भन्ने अझै नखुलेको जनाएको छ।
प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
