सिन्धुली, १६ साउन। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका १ बस्तीपुरमा रुखले किचेर दुई बालबालिकाको मृत्यु भएको छ, भने तीनजना बालबालिका घाइते भएका छन्। झरीका कारण ओत लाग्न बसेका पाँच बालबालिका माथि रुख खस्दा ९ वर्षीय सार्की थिङ र १६ वर्षीया सन्ता गोलेको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रमुख एसपी लालध्वज सुवेदीका अनुसारशुक्रबार दिउँसो झरीका कारण ओत लाग्न बसेको टौवामा सालको ठूलो रुख ढलेर किचेको थियो।
रुख खस्दा पाँचजना बालबालिका टहरामा ओत लागिरहेका थिए। पानी परिरहेको अवस्थामा ओत लाग्न नजिकैको टौवामा बसेको बेला पहिरो र पानीका कारण सालको रुख ढल्दा टहरोमाथि खस्न पुग्यो।
त्यसैगरी १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन र ७ वर्षीय सुशील थिङ घाइते भएका छन्।
घाइतेमध्ये अवस्था गम्भीर भएकाले सिर्जना र सन्ध्यालाई थप उपचारका लागि हेटौडातर्फ रिफर गरिएको छ भने सुशील थिङको उपचार पाँचपाण्डव पोलिक्लिनिक, झुरझुरेमा भईरहेको छ।