काठमाडौं, १६ साउन। सरकारले सवारीसाधन सञ्चालन अनुमतिपत्र (लाइसेन्स)को अवधि १० वर्ष पुर्याएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा संशोधन गर्दै ५ वर्षे अवधिलाई १० वर्ष कायम गरेको हो।
उक्त अवधि सकिएपछि चालकहरुले पुनः नवीकरण गर्दै आएकामा अबदेखि भने १० वर्षसम्म अवधि राखिएको हो।
उक्त ऐनको दफा ५४ को उपदफा ३ मा रहेका पाँच वर्षसम्म भन्ने शब्दहरुको सट्टा दश वर्षसम्म भन्ने शब्दहरु राखिएका छन्’, राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐनको दफा २३ मा भनिएको छ, ‘दफा ५६ को उपदफा ३ मा रहेका पाँच वर्षसम्मको भन्ने शब्दहरुको सट्टा दश वर्षसम्मको भन्ने शब्दहरु राखिएका छन्।’