सप्तरी, १५ साउन। सप्तरीको रूपनी गाउँपालिका २ का  बालेश्वर खंग र उनकी  श्रीमती रामकुमारी खंगको करेन्ट लागेर मृत्यु भएपछि मधेश प्रदेश सरकारले गरेको नागरिक वीमा पीडित परिवारले  पाउने गरि पहल सुरु भएको छ। खंग दम्पतिको मृत्युपछि परिवारमा समवेदना व्यक्त गर्न मधेश प्रदेश सरकारको उच्चस्तरीय टोली आज घटनास्थल रूपनी २ पौंवा टोल पुगेर विमा सुविधाको लागि पहल सुरु भएको जानकारी दिएको हो।

shreejana school

गत शुक्रवार साँझ सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा बालेश्वर र उनकी श्रीमती रामकुमारी करेन्ट लागेर ज्यान गएको थियो।

दैनिक मजदूरीमा जीवन निर्वाह गर्दै आएका खंग दम्पतिका आश्रित परिवार छोडेर गएपछि शोकाकुल बनेको परिवारलाई सान्त्वना दिदै प्रदेश सरकारले वीमाको पहल सुरु गरेको हो।

खेलकुद तथा समाजकल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित कुमार यादव, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश कुमार झा, मन्त्रालयका उपसचिव धर्मेन्द्र लाल कर्ण र बीमा कम्पनीका प्रतिनिधि समेतको टोली विहिवार अपरान्ह खंग परिवारको घर पुगेका थिए।

टोलीले पीडित परिवारसँग भेट गरी घटनाको जानकारी लिएको थियो भने मृतक दम्पतिप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति गहिरो समवेदना प्रकट गरेको थियो।