ज्ञान कुमार राय
सिरहा, १५ असोज। सिरहाको गोलबजारमा एकै रात चार पसलमा चोरीभएको छ। गोलबजार नगरपालिका ६ मुख्य बजारक्षेत्रबाट विहिवार राती राज कुमार साह, रामाशिष गोसाई, शंकर बाबु साह र श्रवण साहको पसलबाट करिव ८० हजार नगद र १५ हजार बराबरको सामाग्री चोरी भएको हो।
गोलबजार नगरपालिका ६ का राज कुमार साहको पसल चोरीगर्न चोरले काटीएको छानाको जस्ता।
छाना र भित्ताको जस्ता काटेर पसलभित्र छिरेर चोरी गरेको उनीहरुले बताएको छ। राजकुमार साहको पसलको छानाको जस्ता काटेर भित्र छिरेर करिव ४५ हजार नगद र एक केजी अलैची लेगको छ। रामाशिष गोसाइको पसलबाट २१ हजार नगद, शंकर बाबु साहको पसलबाट एक हजार पाँच सय नगद तथा १० हजार मूल्य बराबरको गुलाव जामुन र श्रवण कुमार साहको पसलबाट १२ हजार नगद चोरी गरेको उनीहरुले बताए।
गोलबजार नगरपालिका ६ का शंकर बाबु साहको पसल चोरीगर्न चोरले काटीएको जस्ताको भित्ता।
प्रहरी कार्यालयको दुई सय मिटरको दुरीमा रहेको पसलमा चोरी भएकाले पसलेहरुले आक्रोश व्यक्त गरेका छन्। उनीहरुले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको घेरामा रहेको पसलहरुमा चोरीहुनु भनेको प्रहरी प्रशासनको कमजोरी रहेको औंल्याएका छन्।
एक आध पसलमा चोरीहनु वेगलै विषय हो, तर एकै रातमा चार–चार पसलमा चोही हुनु र प्रहरी वेखवर रहनुले व्यसायी आतंकीत बनेका हुन्।
यता इलाका प्रहरी कार्यालय गोलबजारले घटनाबारे अनुसन्धान भईरहेको बताएको छ। प्रहरीले चोरीमा संलग्न रहेको आशंकामा एक युवकलाई नियन्त्रणमा लिएको पनि जनाएको छ।