सिरहा,  १५ साउन। गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठले सीमान्तकृत समुदायको सहभागिता सुनिश्चिताका लागि नीति निर्माणमा सहयोग गर्न सरोकारवालासँग आग्रह गरेका छन्। दलित विकास मञ्च सिरहाले बुधबार गोलबजारमा आयोजना गरेको ‘स्थानीय नीतिमा सीमान्तकृत समुदायको प्रतिनिधित्व’ विषयक अन्तरकृयामा प्रमुख श्रेष्ठले दलित, महिला तथा सिमान्तकृत समुदायलक्षित कार्यक्रमहरु गरिहेको भएपनि नीति नीर्माणका कामहरु अझै आवश्यक रहेको बताएका हुन्। 

516939538_1305659338233850_8893756082021894389_n

उनले नीति, कार्यक्रम तथा बजेट निर्माणमा सीमान्तकृत समुदायको सहभागिता सुनिश्चित गर्न  नीति निर्माणमा काम गर्न आवश्यक रहेको बताउँदै सरोकारवाले झकझक्याएको प्रति धन्यवाद दिए। उनले भने, ‘हामीले सवै क्षेत्रमा काम गरिरहेका छौं, कतिपय कामहरु नीति अभावका कारण गर्न समस्या पनि भई रहेको छ। हामी आवश्यकता अनुसार नीति निर्माणको काम पनि गर्दै अगाडी बढ्दैछौं। तपाईंहरुलाई पनि नीति निर्माणको काममा सहयोग गर्न आग्रह गर्दछु।’ 

सोही क्रममा प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौड्यालले कतिपय नीति, कार्यविधिहरु नगरपालिकाले निर्माण गरिसकेको, कतिपय निर्माणको प्रकृयामा रहेको बताए। उनले भने, ‘हामीले धेरै विषयमा नीति निर्माण गरिसकेका छौं, कतिपय निर्माणको प्रकृयामा छ। यो फेरी आवश्यकताको आधारमा निर्माण गर्दै जाने र हामीसँग संघिय कानुनहरुसमेत रहेकाले त्यसको सहयोग लिएर काम गरिरहेका छौं।’

वडा नम्वर ३ का वडाध्यक्ष धनप्रसाद लामाले  नगरले धेरै विषयको नीति, कार्यविधिहरु वनिसकेको बताए। उनले  भने, ‘आवश्यकता अनुसार पालिकाले नीति नियम निर्माण गर्दै आएको छ। कतिपय विषयमा अझै नीति, कार्यविधिहरु निर्माण गर्नुपर्ने आश्यक रहेको छ। यसमा तपाईहरुले औंल्याउनु भयो त्यसको लागि धन्यवाद छ।’

सोही क्रममा विज्ञका रुपमा उपस्थित राजकुमार त्रिखत्रीले गोलबजार नगरपालिकाले नीति बताएर कार्य गरिरहेका र कतिपय कार्यक्रमहरु रहेको र त्यसलाई कार्यान्वय गर्ने स्पस्ट नीतिहरुको आवश्यकता रहेको औंल्याए। 

त्यसैगरि ‘दलित लाइभ्स म्याटर’ कार्यक्रमका संयोजक वृद्धिका सेन्चुरीले समाजमा पछाडि पारिएका समुदायलाई अगाडि ल्याउन नीतिगत तहमा उनीहरूको उपस्थिति अनिवार्य रहेको धारणा व्यक्त गर्दै कार्यक्रमका बारेमा जानकारी गराएका थिए। 

कार्यक्रममा गोलबजार नगरापलिकाका उपप्रमुख मानती साह, वडा नम्वर २ का वडा अध्यक्ष सुकदेव सिंह, ३ का धनप्रसाद लामा, ६ का संजित लामा, ७ का देवशरण ठकुर, ११ का शोयम अनवरलगायतले आ आफ्नो धारणा राखेका थिए।