सिन्धुली,  १३ साउन।  सिन्धुली प्रहरीले जिल्लाको कमलामाई नगरपालिका ९ भिमानबाट अवैध लागूऔषध ब्राउनसुगरसहित चारजनालाई पक्राउ गरेको छ। करिब २७ ग्राम ९ सय मिलिग्राम ब्राउनसुगरसहित मंगलबार अपरान्ह भारत विहार खजुरवाड जोगवनी ५ का३० वर्षीय मोहम्मद रिजवान, ३५ वर्षीय मोहम्मद इकरार, काठमाडौं बुढानिलकण्ठ नगरपालिका १ का ३५ वर्षीय सरोज बास्तोला र सर्लाही ईश्वरपुर नगरपालिका १४ का ४१ वर्षीय अशोक हिङमाङलाई पक्राउ गरेका हुन्। 

इलाका प्रहरी कार्यालय भिमानसमेतबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ६०४२ नम्बरको हायसमा सवार मोहम्मद रिजवान र मोहम्मद इकरारलाई ११ ग्राम ५ सय मिलिग्राम तथा झापाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.१–०१–००१ ख ४५३६ नम्बरको हायसमा सवार सरोज र अशोकलाई १६ ग्राम ४ सय मिलिग्राम लागु पदार्थसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

पक्राउ परेका उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।

shreejana school